मकवानपुरमा एसएलसी शान्तिपूर्ण
मकवानपुरको उत्तरी क्षेत्रका परीक्षा केन्द्रहरुको पहिलो दिनको एसएलसी परीक्षा शान्तिपूर्ण रुपमा भएको छ । यद्यपी वैशाख १२ र २९ को विनासकारी भूकम्पले विद्यालय भवन भत्काएपछि मकवानपुरको ग्रामिण क्षेत्रका विद्यालयका परीक्षार्थीले यसवर्षको एसएलसी परीक्षा टहरामै बसेर दिएकाछन् ।
मकवानपुरको उत्तरी ग्रामिण क्षेत्रको ११ विद्यालयको परीक्षार्थी रहेको जनकल्याण उच्च मावि परीक्षा केन्द्रमा टहरामै बसेर परीक्षा दिएको केन्द्राध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए । जनकल्याण उच्च मावि परीक्षा केन्द्रबाट चारसय नौ परीक्षार्थीले पहिलो दिनको अंग्रेजी विषयको परीक्षा दिएकाछन् । त्यस्तै मकवानपुरको बुद्ध मावि हात्तिसुँढे परीक्षा केन्द्रमा चार विद्यालयका परीक्षार्थीहरु पनि टहरामै बसेर परिक्षा दिएकाछन् । मकवानपुरमा ३ सय ८३ विद्यालय भूकम्पले भत्काएको थियो ।
पालुङको जनकल्यण उच्च मावि परीक्षा केन्द्रमा ११ विद्यालयका ४१५ विद्यार्थी सहभागी हुनुपर्नेमा ६ जना अनुपस्थित भएको सहायक केन्द्राध्यक्ष कृष्णबहादुर विष्टले जानकारी दिए । पहिलो दिनको परीक्षामा १ सय ८४ छात्र र २ सय २५ छात्रा मात्र सहभागी भएको विष्टले जानकारी दिए । परीक्षामा नियमिततर्फ छात्र १७० र छात्रा १९४ गरी ३६४ जनाले परीक्षा दिएकाछन् । परीक्षामा नियमिततर्फ झम्केश्वरीको १ मत्स्यनारायणको १ छात्रा तथा मत्स्यनारायणकै १ छात्र र पालुङ मोडर्न बोर्डिङको १ छात्र परीक्षामा अनुपस्थित रहेको परीक्षा केन्द्रले जनाएको छ ।
![]() |
| तस्वीरहरूः रामकुमार कार्की/विकासखबर |
त्यस्तै जनकल्यण उच्च मावि परीक्षा केन्द्रबाट ४५ जना एक्जामटेड विद्यार्थीले परीक्षा दिएकाछन् । परीक्षामा मत्स्यनारायण माविको दुई छात्र अनुपस्थित रहेका छन् ।
यसैबीच पालुङको मत्स्यनारायण मावि परीक्षा केन्द्रबाट नियमिततर्फ १ सय १३ जना परीक्षार्थीले परीक्षा दिएकाछन् । परीक्षामा जनकल्यण उच्च माविको ३ छात्र अनुपस्थित छन् भने एक्जामटेडतर्फ १ सय २० जनाले परीक्षा दिएकाछन् । एक्जामटेडतर्फ ४ छात्र र १९ छात्रा अनुपस्थित रहेको केन्द्राध्यक्ष वसन्त राइले बताए ।
![]() |
| मकवानपुरको छतिवन स्थित महेन्द्र उच्च मावि परीक्षा केन्द्रमा अनुगमन गर्दै शिक्षा अधिकारी अम्बिका प्रसाद शर्मा । |
![]() |
| मकवानपुरको छतिवन स्थित महेन्द्र उच्च मावि परीक्षा केन्द्रमा अनुगमन गर्दै शिक्षा अधिकारी अम्बिका प्रसाद शर्मा । |
आठ कैदीबन्दी परीक्षामा सहभागी
मकवानपुरको भीमफेदी कारागारका आठ जना कैदी बन्दीले यस वर्षको एसएलसी परीक्षा दिएकाछन् । उनीहरुको भीमफेदीको महेन्द्र उच्च मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।
परीक्षाका लागि दश जना बन्दीले फारम भरेको भए पनि दुईजनाले कैद भूक्तानी गरेकाले आठ जनामात्र सहभागी भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच मकवानपुरमा पहिलो दिनको एसएलसी परीक्षा मर्यादित तथा व्यवस्थित रुपमा सकिएको शिक्षा अधिकारी अम्बिका प्रसाद शर्माले बताए ।







