बन डढेलो व्यबस्थापन सम्बन्धी अन्तरक्रिया

अशाेक सुजन श्रेष्ठ
मकवानपुरको भैँसेमा बन डढेलो व्यबस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा भैँसे रेञ्जपोष्ट अन्तरगत भैँसे र निबुवाटारका सामूदायिक उपभोक्ता समूहका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अमेरिकी बिकास नियोग (यूएसएड)को आर्थिक सहयोगमा केयर नेपाल मार्फत् सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला बन कार्यालय मकवानपुरका सहायक जिल्ला बन अधिकृत बिशाल भट्टराई, ईलाका बन कार्यालय भैँसेका प्रमुख बिश्व कोईराला, केयर नेपाल÷ हरियो बन कार्यक्रमका फिल्ड संयोजक सञ्जीव शर्मा लगाएतले सहजिकरण गरेका थिए ।

सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तानको प्रमुख आतिथ्य तथा भैँसे रेञ्जपोष्ट महासंघका अध्यक्ष भिमबहादुर लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो । सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका सचिवालय सदस्य साधुराम चौँलागाँईले कार्यक्रमको उदेश्यबारे जानकारी दिएको कार्यक्रममा भैँसे रेञ्जपोष्ट महासंघका रामबहादुर थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दुई समूह बनाई डढेलोको ऐतिहासिक घटनाक्रम, डढेलो लाग्नुका कारणहरु र डढेलो नियन्त्रण गर्ने उपायहरुका बारेमा प्रस्तुती पनि गरिएको थियो । यसैबिच, हेटौँडाको हर्नामाडीमा पनि बन डढेलो व्यबस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया गरिने बताईएको छ ।

All news in One Place