आजबाट राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु,मुलक अब आर्थिक समृद्धि तर्फ बढ्यो : उपप्रधानमन्त्री थापा

धर्मेन्द्र दाहाल/
हेटौँडा/मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बिहिबारबाट हेटौँडामा राष्ट्रिय औद्योगिक ब्यापार मेला हुने सुरु भएको छ । मेलाको उद्घाटन गर्दै उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले मुलुक अब आर्थिक समृद्धितर्फ बढेको बताएका छन् । कार्यक्रममा बोल्दै उपप्रधामन्त्री थापाले पुराना तिता मिठा कुरालाई भुल्दै मुलुकलाई विकासको गति दिनको लागि सबै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए । उनले भने‘ हिजो कस्ले के भन्यो, कसले के ग¥यो भन्दा पनि अब मुलुकलाई कसरी विकासको गति दिने भनेर सबैले सोच्ने बेला आएको छ ।’ उद्घाटन कार्यक्रममा बोल्दै थापाले नेपालले नयाँ संविधान प्राप्त गरिसकेको परिस्थितीमा अब राजनीतिक आन्दोलनलाई स्थगित गर्दै मुलुकको समग्र विकामा सबैजना एक हुनु्पर्ने बताए । 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, सभासदहरु शुवासचन्द्र ठकुरी, रामनारायण विडारी, क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद ढकाल, क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । १० दिनसम्म चल्ने मेलामा ४ सय स्टलहरु रहेका छन् । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघले यो वर्ष मेलामा ५० करोडको कारोवार हुने अपेक्षा ब्यक्त गरेको छ । मेलाले नाकाबन्दीले नागरिकलाई दिएको पीडालाई केहि कम गर्ने अपेक्षा समेत आयोजकले लिएको छ ।
यो वर्ष हेलिकम्पटरबाट सिटी भ्रमण मुख्य आर्कर्षण हुन सक्ने आयोजकले जनाएको छ । मेलामा वैष्णेदेबी मन्दीको पनि अवलोकन गर्न पाईनुले पनि नयाँ आयाम थपिएको आयोजकले दाबी गरेको छ । मेलाको विषयमा जानकारी दिँदै मेला आयोजक मकवानपु उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले यो वर्ष मेलामा ८० लाख रुपैँया लगानी गरिएको बताए । ६ लाख जनाले अबलोकन गर्नेै लक्ष राखिएको मेलामा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुती दिने जनाएका छन् । 
आयोजकको अनुसार यो वर्ष मेलामा बैष्णब देबीको मन्दीर, डाईनोसरको अवस्था, हेलिकप्टरबाट सहर परिक्रमा लगाएतको नयाँ विषय पनि समेटिएको छ । त्यसैगरी हेटौँडा आईडलको निरन्तरता पनि रहेको आयोजकले जनाएको छ ।  मेलामा यो वर्ष २१ वटा औद्योगिक स्टल, ६ वटा हस्तकलाका स्टल, २३ वटा होटल, १७ वटा अटो, २६ वटा आईटी सहित ४ सय स्टल रहने छन् । यसैगरी सहयोगको ५ वटा स्टलहरु, बैंक तथा इन्सुरेन्सको ५, शैक्षिक ५, खेल १४, कृषि २०, स्वास्थ्य ६, जुत्ता ५०, अधिकृत विक्रेता ४० स्टलहरु रहने जनाईएको छ । मेलामा यो वर्ष मकवानपुसरमा निकै लोप्रिय भएको चटपटेको पनि १० वटा स्टल रहने संघले जनाएको छ ।

All news in One Place