टियु र कृषिको विवाद नटुङ्गिएसम्म क्याम्पस बन्द

हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा त्रिभुवन विश्वविद्यालय (टियु) र कृषिको जारी विवादका कारण पठनपाठन अबरुद्घ गर्दै तालाबन्दी गरिएको छ । टियुका विद्यार्थीहरुको भर्ना लिन खोजिएको भन्दै कृषितर्फका विद्यार्थीले विरोध गर्दा क्याम्पसमा ३० फागुनमा झडपको अवस्था सिर्जना भएपछि दुवैतर्फको सहमतीमा क्याम्पस बन्द गरिएको हो । टियु फरेस्टीको भर्ना रोक्ने शिक्षा मन्त्रीको आदेश बेगर काठमाडौंमा इन्ट्रास गराएर भर्ना लिन थालिएको भन्दै कृषि वनका विद्यार्थीहरुले विरोध गरेका हुन् । 


गत  २५ पुषमा टियु फरेष्टीको प्रवेश परीक्षा रोकिएपनि काठमाडौंको पदमकन्या क्याम्पसमा विद्यार्थीहरुसंग इन्ट्रास लिएर अहिले भर्ना गर्न थालिएको भन्दै कृषिका विद्यार्थी आन्दोलित बनेका हुन् । उता टियु फरेष्टिका विद्यार्थीहरुले पनि आफूहरुको भविष्य बिगार्न नपाइने भन्दै विरोधमा उत्रिएपछि क्याम्पसमा झडपको स्थिति सिर्जना भएको थियो । दुवै तर्फका विद्यार्थीको झगडा सुरक्षाकर्मी परिचालन गरेर साम्य पार्दै जारी विवाद अन्त्य नहुँदासम्म क्याम्पस नखोल्ने मनस्थितीमा दुवै पक्ष सहमत बनेका हुन् । 
अब प्रशासन कार्यालयको समन्वयमा शिक्षा मन्त्रालयबाट विवाद टुङ्ग्याएपछि मात्रै पठनपाठन सुचारु गराइने सहमती बनेको कृषि वन विश्व विद्यालयका सहायक डिन बासुदेव पोखरेलले बताए । 
-शिव चौलागाई, हेटौंडा

All news in One Place