नयाँशक्ती मकवानपुरको अन्तरीम जिल्ला परिषद चैत्र १ गते
नयाशक्ति नेपाल मकवानपुरको अन्तरीम जिल्ला परिषद भोली सोमबार घोषणा हुने भएको छ । १ सय १ सदस्यीय अन्तरीम जिल्ला परिषद घोषणाको तयारी अन्तीम चरणमा पुगेको जिल्ला संयोजक प्रल्हाद लामीछानेले जानकारी दीनुभयो । नया शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको प्रमुख आतीथ्यमा हुने अन्तरीम जिल्ला परिषदको घोषणासंगै जिल्लामा सांगठनीक अभियान तीव्र रुपमा सञ्चालन गरिने जिल्ला संयोजक लामिछानेले बताउनुभयो ।
राजनैतिक परिवर्तनकालागी र संविधानमा उल्लेखित कुराहरुको कार्यान्वयनका लागी पुराना पार्टीहरु सक्षम नभएकाले नया विचार सहितको नया शक्ती निर्माण गरि त्यसको कार्यान्नवयनमा लागि पर्र्नुपर्ने वताउनुभयो । आर्थिक समृद्धी , सुसाशन र समुन्नत समाजवाद निर्माणका लागी नया विचार सहित नया शक्ति निर्माणमा जुट्नका लागी पनी लामीछानेले आग्रह गर्नुभएको छ ।
जिल्लामा रहेर राजनितिक तथा सामाजिक रुपमा क्रियाशील रहेर काम गर्दै आएका व्यक्तीरुलाई समेटेर अन्तरीम जिल्ला परिषद घोषणा गर्न लागिएको नयाशक्ति नेपाल मकवानपुरका कार्यालय सचिब राजेन्द्र सिंखडा दाह्रीबाले जानकारी दीनुभएको छ ।