केसी बने हेटौंडा आइडल
हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आयोजित गायन प्रतिष्पर्धाबाट दीपराज केशी हेटौंडा आइडल बनेका छन् । हेटौंडा आइडलको उपाधिसंगै उनले ५० हजार नगद हात पारेका छन् । यस्तै, प्रतिष्पर्धामा दोस्रा भएका ध्रुव पण्डितले २५ हजार, तेस्रो भएका दीपेश श्रेष्ठले १० हजार र चौथो भएका हृदयश बस्नेत र पाँचौ भएका मिग्मा लामाले ५/५ हजार नगद प्राप्त गरेका छन् ।
आइडल प्रतिष्पर्धा दशर्कको भोटिङ् तथा निर्णायकको मूल्याङ्कनका आधारमा गरिएको हो । पहिलो चरणको अडिसनबाट छानिएका २० जना मध्येबाट मेला समापनका अवसरमा आज आइडल छानिएको हो । प्रतियोगिताको निर्णायकहरुमा शिखर सन्तोष, सुनीता शर्मा लुइटेल, इश्वर खड्का रहनुभएको थियो ।