चेतना फैलाउँदै नव आवाज "सडकदेखि रंगमञ्चसम्म"

अर्जुन भुजेल
एउटा सुनसान शहरमा एक्कासी एउटी मानसिक स्थित गुमाएकी एक महिला एउटा सिङ्गोडा दोकानमा पुग्छीन र सिङ्गोडा दिइरहदा त्यसै पसलमा एक ग्राहक आउँछन् र सिङ्गोडमा माग्छन् र उक्त मानिसले सिङ्गोडा खाइरहदा नि मानसिक स्थित गुमाएकी ति महिलाले पर्स चोरेर भाक्छिन् । चोर ! चोर ! चोर – उक्त मान्छेले भन्छ । र ति मानसिक स्थित गुमाएकि महिला  भाक्छिन र उनलाइ खेदाउने मानिसको  जमाथले एउटा कार्यक्रमको मोड लिन्छ ।
उक्त महिला मानसिक स्थित गुमाएकि महिला हुदिनन् उनी माइति नेपाल ले आयोजना गरेको मानव तथा चेलिबेटीबेचखिन न्यूनिकरण गर्ने उद्देश्ले नव आवाज नाट्य समूह झापा नेपाल ले  तयार पारिएको नाटकमा अभिनय गर्ने एक कलाकार हुन्छिन् जुन कार्यक्रम प्रति उक्त जमाथको ध्यान जाओस र कार्यक्रमले दिएको सन्देश सबैले बुझुन भन्ने हेतु ले तयार परिएको हुन्छ । अनि सडक नाटक धेरै, छुटै माहोलको बिचमा  सुरु हुन्छ ।
सुन्दर देश निमार्णको निम्ति युवाहरु उठ्नु पर्छ, तब मात्र सुसान युक्त सुन्दर शहर सुन्दर देशको कल्पना    हुन्छ । हाल बिभिन्न किसिमका संघसंथा हरु समाज निमार्णका लागि जुटिरहेका छन् । समाजमा भएका बिभिन्न बिक्रिति बिसंगतिहरुलाइ न्यूनिकरण गर्ने उद्देश्यले नेपालमा धेरै संस्थाहरुको जन्म भइसकेको छ । धेरै संस्थाहरुले समाज निमाणमा धेरै ठूलो भुमिका खेलिरहेका छन् ।यसैबिच ‘नव अवाज नाट्य समूह झापा, नेपाल ’ सामाजिक बिसंगतिलाइ नाट्किय रुपमा प्रस्तुत गरि अहिले सबैको मनमा बस्न सफल भएको छ ।
बि.स.  २०६९ सालमा गैर मुनाफामुलक संस्थाको रुपमा  स्थपना भइ’ हामी जोगाउँछौं पहिचान’ भन्ने मुल नाराका साथ अगि बढेको यो  संस्थाले  पुराना संस्कृति/ पुराना भेषभुषा /पुराना हाम्रा धरोवटहरुको संरक्षरणको निम्ति  बिभिन्न किसिमका कामहरु गरिसकेको छ । बिशेषत अहिलेको यो परिपेक्षमा बिदेशि संस्कृति भित्रिदै गएको अवस्थामा यो संस्थाले नाटकिय माध्यम बाट ति संस्कृतिहरुको संरक्षणको निम्ति बिभिन्न ठाउँमा चेतनामुलक सडकनाटक का साथमा बिभिन्न ठाउँमा  अन्तरक्रिया कार्यक्रम समेत गरेको छ ।
पूर्वाअञचलका बिभिन्न क्षेत्रहरुमा कार्यथलो बनाइ बढ्दो बिक्रितिलाई नियन्त्रण को निम्ति सडक नाटक देखि रंगमञ्च सम्म समाज निमाणर््ाको निम्ति   यस संस्थामा क्रियाशिल सम्पूर्ण कलाकारहरु एक जुट भएका छन् । हाल  यो संस्थमा ३८ जना सदस्यहरु छन् भने सामाजिक बिकृति न्यूनिकरणको निम्ति बिभिन्न समूह–उप समूहहरु गठन भएका छन् जसले बिगत केहि बर्ष देखि राष्ट्रय र स्थानिय स्तरमा सामाजिक रुपान्तरणको निम्ति कार्य गरिरहेका छन् । बिशेषत मानव तथा चेलिबेटी बेचबिखन÷महिला हिंसा÷बाल दुरव्यावार सम्बन्धीत कुरालाइ बिषय बस्तु बनाएको यो संस्थाले त्यस सम्बिन्धी बिभिन्न गाउँ स्तर र बिभिन्न ठाउँमा सचेताना मुलक सडक नाटकहरु प्रस्तुत गर्ने गरेकोछ । यो संस्थाले  सडक देखि रंगमञ्च बाट रंगकर्मिले उठाएको यी बिषय बस्तुलाइ सबैलाइ रुचाएका छन् ।

चेलिबेटी बेचबिखन बढिरहेको यो अवस्थामा यो संस्थाले इलाम  पशुपतिनगर माइति नेपाल÷झापा काकरभिटा माइति नेपाल, साना हातहरु नेपाल, महिला तथा बालबालिकाको कार्यलय भद्रपुर झापा, जस्ता बिभिन्न कार्यलय तथा बिभिन्न संस्था तथा स्थानिय वासिन्दाले यस संंस्थाको कार्यप्रति साथ दिइ आर्थिक  र सामाजिक रुपले अगि बढ्न पेरणा दिएका छन् ।  साथै यस संस्थाले एच.आइ भि एड्स, लागु पदार्थ दुर्वेसन, मानव तथा चेली बेटी बेचबिखन जस्ता बिषयलाइ उठाई हाल बिभिन्न सिकिमका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नव आवाज नाट्य समूह झापा ले समाजमा बिकृति बिसंङ्गतिलाइ न्यूनिकरण गर्नको निम्ति रेडिया नाटक बाट पनि यो संस्थाले अभियान थालिसकेको छ । यस संस्थाले कृषि,युवा स्वोरोजगार,र युवाका चाहाना अनुरुपका सामाग्रीलाइ पनि समेटेको छ ।

नव आवाज नाट्य समूहले आजको दिन सम्म आइपुग्दा १०७ ओटा भन्दा बढि  सचेतनामुलक सडक र स्टेज नाटक प्रदशन गरिसकेको छ भने रेडियो नाटक करिब ३०० ओटा भन्दा बढि भागमा सम्प्रेशण गरिसकेको छ । पश्च्याताप, मेरी आमा जिन्वाद, आशँु,सर्पको काचँुली, चेलीको आशुँ, खोक्रो जिवन, चम्किलो कोइला,रंगेली, हर्कबाहादुर जस्ता चर्चित सडक तथा रंगमञ्चमा नव आवाजले नव आवाजको सन्देश दिइ मञ्चन गरिसकेको छ ।

गैर मुनाफा मुलक यो संस्थालाइ सकारात्मक बाटोमा तथा समाज सुधारको निम्ति नाट्किय ढङ्गबाट खेलेको भुमिका सहरानिय छ, जुन समूहलाइ अगाडि बढाउनको निम्ती तपाइ हाम्रो योगदान महत्वपूर्ण रहन्छ । नव आवाज नाट्य समूह जस्ता गैर मुनाफा मुलक संस्थालाइ  आर्थिक ,सामाजिक रुममा अगाडि बढाउनु तपइ हाम्रो योगदान महत्वपुर्ण हुन्छ ।

 (लेखक भुजेल झापामा कार्यरत् पत्रकार हुन्  Email: arjunbhujel521@gmail.com। )






All news in One Place