जनजाति पत्रकार महासंघले ३ पत्रकारलाई पुरस्कृत गर्ने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ । देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।
भेलामा भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा र संस्थागत सदस्य संस्थाबाट प्रतिनिधित्व रहनेछ । भेलालाई व्यवस्थित गर्नका लागि फोनिज केन्द्र्रीय अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
भेलामा मुलुकको नयाँ संरचनाअनुरुपको फोनिजको संगठन संरचना बनाउनका लागि विधान संशोधन प्रस्तावसमेत पेश हुनेछ । विधान संशोधनका लागि संगठन सचिव मनोज घर्ती मगर, केन्द्रीय सदस्य श्रीकृष्ण महर्जन र दिपा आले रहेको विधान संशोधन समिति गठन गरिएको छ । कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा आर्थिक समिति र संस्थागत सचिव राजेश चाम्लिङको संयोजकत्वमा फोनिज स्मारिका प्रकाशन समिति गठन गरिएको फोनिजले जनाएको छ ।

All news in One Place