थाहा नगर उद्योग वाणिज्य संघ दर्ता भयो

थाहा नगर उद्योग वाणिज्य संघ ११ चैत्रमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ । मकवानपुर उद्योग वाणिज्य संघकोे उत्तरी क्षेत्र समितिको रुपमा स्थापित भएको समिति १५ वर्षपछि थाहा नगर उद्योग वाणिज्य संघको रुपमा दर्ता भएको हो । 

नव गठित थाहा नगर उद्योग वाणिज्य संघको तदर्थ समिति अध्यक्ष कविराज खत्री रहेकाछन् । संघको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ढकाल, उपाध्यक्षमा शम्भूसिंह कार्की, महासचिव सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष शिवकुमार खत्री, सचिव प्रदिप प्रधान रहेका छन् । त्यस्तै सदस्यहरुमा रामप्रसाद ढकाल, युगशेर विष्ट, नवराज विष्ट, भरत गोपाली र आरती श्रेष्ठ रहेकाछन् । थाहा नगर उद्योग वाणिज्य संघको प्रारम्भिक साधारणसभाबाट संघको विभिन्न जिम्मेवारी सहित २७ सदस्यीय बनाइने अध्यक्ष खत्रीले बताए । संघको प्रारम्भिक साधारणसभा छिट्टै आयोजना गरिने उनले बताए ।

यसअघि वि.सं.२०५७ सालमा मकवानपुर उद्योग वाणिज्य संघको उत्तरी क्षेत्र समितिको रुपमा समिति स्थापना भएको थियो । उत्तरी क्षेत्र समितिको संस्थापक सभापति बिमलकुमार ढकाल हुन् । 



All news in One Place