एमालेको तीन गाविसको प्रशिक्षण

धर्मेन्द्र दाहाल/
हेटौँडा/नेकपा एमाले मकवानपुर ४ नं. क्षेत्रका ३ गाविसको २ दिने संयुक्त प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ । शुक्रबारबाट गोगनेमा भएको कार्यक्रममा ३ गाविसका ६० जना अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा एमाले जिल्ला कमिटी सचिव एकालाल श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रम नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरु लालबहादुर थापा, गौतम्बुद्ध लामा सांसद राजाराम स्याङतान लगायतले प्रशिक्षण दिएका थिए भने पुर्व जिल्ला सदस्यहरु बच्चुराम ढुङ्गाना  लगायतको आथित्यता रहेको थियो । कार्यक्रम क्षेत्रीय कमिटीका अध्यक्ष हेमलाल उप्रेतीको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा वाईसिएल परित्याग गर्दै १५ जना युवा एमालेमा प्रबेश गरेका छन् ।

All news in One Place