अग्रणीको सहकारी शिक्षा कार्यक्रम
धर्मेन्द्र दाहाल
हेटौँडा/अग्रणी बचत तथा ऋण सहकारी सस्था हेर्टौँडाको आयोजनामा सहकारी शिक्षा कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । शनिबार हेटौँडामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले सहकारीको माध्यमले नेपालमा उद्योगको विकास गर्न सघाउ पुग्ने बताए । सहकारीले उद्योगमा लगानी गर्नको लागि प्ररित गर्ने बताउँदै सकारीताको माध्यमबाट उद्योगको साथै देश विकासमानै मदत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै अग्रणी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्णप्रसाद दाहाले सकारीलाई राज्यले पनि एक महत्वपूर्ण अर्थनीतिको रुपमा ब्याख्या गरेको भन्दै सहकारी नेपाल विकासको आधार बन्ने बताए । विश्वको धेरै मुलुकहरु सहकारिताको माध्यमबाट समृद्ध बनेको बताउँदै अग्रणी बचत तथा ऋण सहकारी मकवानपुरकोमात्र नभई मुलुककै उत्कृष्ट सहकारी बनाउनको लागि लागि पर्ने बताए ।
कार्यक्रममा सहकारीको बारेमा जानकारी दिँदै सञ्चालक समिती सदस्य रमला सापकोटाले सकारीले कारोबार सुरु गरेको ६ महिनामै ३ करोडको ऋण लगानी गर्नु निकै उत्साहजनक कार्य भएको बताईन् । कार्यक्रममा सहकारीका सञ्चालक सदस्य तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।