आफू खुशी घर बनाउन नपाइने

पुनर्निर्माण प्राधिकरणले पूर्वस्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्न रोक लगाएको छ ।
प्राधिकरणले गत शुक्रबार एक सूचना प्रकाशित गरी स्वीकृतिबिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानुनी हुने भन्दै रोक लगाएको हो । यो सूचनापछि गैरसरकारी संस्थाहरूले पनि घर र अन्य संरचना आफूखुसी निर्माण गर्न पाउने छैनन् ।
‘पुनर्निर्माण र पुनस्र्थापनाको काममा गैरसरकारी संस्थाहरूको सहयोग परिचालन गर्न छुट्टै कार्यविधि तयार गरिरहेको छ,’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको स्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु कानुन विपरीत हुने भएकाले यस्तो कार्य रोकी प्राधिकरणमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।’
प्राधिकरण प्रवक्ता सुरेश अधिकारीले भवन निर्माण गर्न कार्यमा समन्वय र एकरूपता कायम गर्न तथा भवनहरूको प्राविधिक पक्षलाई सुनिश्चित गर्न सूचित गरिएको बताए ।
‘हामीले गैरसरकारी संस्थाको संलग्नतालाई व्यवस्थित गर्न खोजेका हौं,’ उनले भने, ‘हाल विभिन्न जिल्लामा विभिन्न संघसंस्थाहरूले व्यक्तिगत घर निर्माण र रकम वितरण कार्य गरिरहेको भन्ने सूचना प्राप्त भएको छ ।’
-कान्तिपुरबाट ।

All news in One Place