नेपाली कांग्रेस १३ औ महाधिवेशन :: केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना उठने चर्चा

धर्मेन्द्र दाहाल/
नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा मकवानपुरबाट ५ जनाले उम्मेद्वारी दिने बताईएको छ । पाँचै जनताले केन्द्रीय सदस्यमा उमेद्धारी दिने चर्चाले यतिवेला कांग्रेस मकवानपुरको राजनीतिमा तरङ्ग पैदा गरेको छ । यो पटक केन्द्रीय सदस्यमा मकवानपुरका ५ जनाले उमेद्धारी दिने चर्चाले पनि मकवानपुर कांग्रेसमा  थप चर्चा चुलिएको विश्लेषकहरुले बताएका छन् ।

यो वर्ष मकवानपुरमा सस्थापन पक्ष केहि कमजोर रहेको बताईएपनि उम्मेद्वार हुने चर्चा गरिएको सङख्या भने सस्थापन पक्षकै धेरै रहेको छ । सस्थापन पक्षबाट रिता खनाल, उमा दाहाल तथा उदयमोहन श्रेष्ठको नाम चर्चामा रहेको छ भने शेरबहादुर देउवा प्यानलबाट पूर्व सभापति माईकल रामचन्द्र अर्याल तथा वर्तमान केन्द्रीय सदस्य समेत रहेकी महालक्ष्मी डिना उपाध्यय रहेका छन् । सस्थापन पक्षको पनि रिता खनाल भने रामचन्द्र पौडेल निकट रहेको श्रोतले दाबी गरेको छ ।

१ केन्द्रीय सदस्य सहित ४९ जना प्रतिनिधि रहेको मकवानपुरबाट २९ भोट देउवा प्यानलमा खस्ने तथा बाँकी १९ भोट सस्थापन पक्षमा खस्ने दाबी कांग्रेसको विश्वसनीय श्रोतले बताएको छ । जसमध्य क्षेत्र नंबर १ र क्षेत्र नं ४ बाट अधिकांश मत देउवा पक्षमा खस्ने क्षेत्र नं २ र ३ बाट भने दुबै पक्षमा मिश्रीत मत खस्ने देखिएको छ । माघ २५ गत भएको कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनको परिणामले पनि मकवानपुरमा देउवा पक्ष बलियो रहेको आधार प्रष्ट भएको थियो । सभापतिमा विजयी संसद इन्द्र बाँनीयाले महाधिवेशन प्रतिनिधिमा देउवा पक्षलाई बलियो बनाउन निकै कसरथ गरेकाले पनि देउवा पक्ष बलियो देखिएको हो ।

केन्द्रीय सदस्यको उम्मेद्वारमध्य डिना उपाध्यक्ष सबैभन्दा शक्तिशाली उम्मेद्वारको रुपमा रहेको कांग्रेस श्रोतले दाबी रहेको छ । वर्तमान केन्द्रीय सदस्य हुनु, केन्द्रमा रहेर राजनीतिमा कृयाशिल हुनु, पूर्व राज्यमन्त्री तथा हाल सांसद रहनु र कांग्रेसको केन्द्रीय पहुँचमा पनि गणनाहुने महिला नेतृ रहनुले पनि उपाध्ययलाई सबैभन्दा शक्तिशाली उम्मेद्वारको रुपमा हेरिएको छ । त्यसो त अर्का उमेद्वार माईकल रामचन्द्र अर्याल पनि अर्का चर्चित उम्मेद्वार हुन् । मकवानपुर कांग्रेसको लामो समयसम्म नेतृत्व गरेका तथा सुकुम्वासी समस्या समधान आयोगको राष्ट्रिय उपाध्यक्ष समेत भएर कार्य गरेका अर्याल पनि राष्ट्रिय फिगरको रुपमा रहेका छन् ।

उम्मेद्वारहरुमध्य रिता खनालको पनि चर्चा यतिखेर चुलिएको छ । ट्रेड युनियन कांग्रेसको केन्द्रीय उपाध्यक्ष समेत रहेकी खनाल गत महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार रहेकोले पनि उनलाई प्रतिनिधिले चिन्न सक्ने आधार निर्माण भएको छ । त्यसो त उम्मेद्वारमध्य उमा दाहाल तथा उदयमोहन श्रेष्ठले राष्ट्रिय रुपमा चर्चा नबटुले पनि केन्द्रमा पहुँच राख्न सक्ने योग्यता बनाएका छन् । दाहाललाई गत संविधानसभाको निर्वाचनमा क्षेत्र नं ४ मा संसदको टिकट प्रदान गर्नु पनि उनको राजनीतिक हैसियत केन्द्रमा राम्रो भएको प्रमाणको रुपमा ब्याख्या गर्नेहरु बताउछ । उता उत्तरी मकवानपुरमा रहेर लामो समयसम्म कांग्रेसको राजनीति गरेका उदयमोहन श्रेष्ठ पनि आशालाग्दा उम्मेद्वारको रुपमा यो पटक केन्द्रीय महाधिवेशनमा उम्मेद्वार बनेका छन् ।

All news in One Place