फाखेलमा एमालेको प्रशिक्षण
मकवानपुर, फागुन १५/ मकवानपुरको फाखेलमा एमालेका अगुवा कार्यकर्ताहरु प्रशिक्षित भएका छन् । यहि फाुगन १ गतेबाट सुरु एमाले मकवानपुरको दुई नम्बर क्षेत्र स्तरिय अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्ने अभियान अन्तर्गत फाखेलमा शनिबार कार्यक्रम भएको हो ।
एमाले केन्द्रिय सदस्य एवम् सांसद ममता गिरीको प्रमुख आतिथ्य तथा फाखेल गाउँ कमिटी सभापति धनराज महर्जनको अध्यक्षतामा आयोजित प्रशिक्षणमा गाउँका एमाले अगुवाहरुको उल्लेख्य सहभागिता रहेको पार्टी दुई नम्बर क्षेत्रका इन्चार्ज विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।
एमाले मकवानपुर जिल्ला कमिटी सदस्य रामचन्द्र बल, पार्टी दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष जीवन लामा, क्षेत्रीय सदस्य तथा फाखेल इन्चार्ज धनवीर स्याङतान, फाखेल गाउँ कमिटीका सचिवालय सदस्य धिरज लामा, पूर्व क्षेत्रीय सचिवालय सदस्य केशरराज लामा लगायतको प्रशिक्षणमा आतिथ्यता थियो । दुई नम्बर क्षेत्रस्तरिय प्रशिक्षण यसअघि मकवानपुरको आमभञ्ज्याङ्, सुकौरा, बुढिचौर, कोगटे, इपा, भीमफेदी, निबुवाटार, चित्लाङ्, मार्खु लगायतमा सम्पन्न भइसकेको छ ।
पार्टीलाई सुदृढिकरण गर्दै पार्टी नीति लगायतका विषयमा अगुवाहरुलाई प्रशिक्षित गर्न यो अभियान जारी रहेको एमाले दुई नम्बर क्षेत्रका सदस्य कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।