अन्तराष्ट्रिय हेटौँडा गोल्डकप सुरु

मकवानपुरे टिम अनिल थापाको कप्तानीमा

हेटौँडामा पहिलो आमन्त्रण अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ् । भुकम्पमा ज्यान गुमाएका हेटौँडाका पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आज हेटौँडाको ‘रिगल हेटौँडा एफसी तथा भुटानको क्लिीरीङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । बन बिज्ञान अध्यन सस्थानको खेल मैदानमा घरेलु टोली र अन्तराष्ट्रिय टोलिबीच प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगितामा मकवानपुरको घरेलु टोली सहित ४ वटा ए डिभिजन क्लब सहित पोखराको साहारा क्लब र भुटानको क्लियरीङ तथा भारतको कञ्चनजंगा रहेका छन् । कार्यक्रमको विषयमा जानकारि दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका द्वितिय उपाध्यक्ष विशाल घोषले गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको भन्दै शनिबारबाट हुने प्रतियोगितालाई भब्य बनाईने बताए । प्रतियोगितामा मकवानपुरका विभिन्न राजनीतिक दलहरुका यूवा संघठनका ५० जना सुरक्षा स्वयमसेवक, वनविज्ञान अध्ययन सस्थानका १५ जना स्वयमसेवकहरु परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारि दिईएको    छ । प्रतियोगितामा कुल ३९ लनख रुपैँया खर्च हुने अनुमान गरिएको जनाउदै आयोजकले प्रतियोगितामा विजेता हुनेलाई ३ लाख तथा उपविजेतालाई १ लाख ५० हजार रुपैँया प्रदान गरिने भएको छ । भुटानको क्लियरिङ बिरुद्ध हेटौँडाको जित्नैपर्ने दबाब धर्मेन्द्र दाहाल हेटौँडा÷ हेटौँडामा पहिलो पटक आयोजना गर्न लागिएको अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली रिगल हेटौँडा एफसी तथा भुटानको क्लिरीङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो दिननै अन्तरारिष्ट्रय क्लबसँग खेल्नुपर्ने दबाब भएपनि हेटौँडाको लागि प्रतियोगितामा जित्नैपर्ने दबाब छ । 
एक खेल हारेमात्र पनि प्रतियोगिताबाट बाहिरीनु पर्ने भएकोले पनि घरेलु टिमको लागि यो खेल दोश्रो चरणमा पुग्नमको लागि जित्नुको विकल्प नरहेको जनाईएको छ । प्रत्येक खेल फाइनल सहर ः प्रशिक्षक प्रतियोगिताबारे जानकारी दिदै रिगल हेटौँडा एफसीका प्रशिक्षक विजयलाल श्रेष्ठले यो नकआउट प्रतियोगिता भएकोले प्रत्येक खेल फाइनल सरह भएको बताएका छन् । प्रतियोगिताको तयारी राम्रो रहेको बताउँदै राम्रो नतिजाको अपेक्षा गरेको उनले बताए । उता अर्का प्रशिक्षक सुविन घिमिरेले प्रतियोगिताको तयारी सन्तोषजनक रहेको र घरेलु टिममा उत्कृष्ट खेलाडीहरु रहेकोले आफु आशावादी रहेको बताए । ‘खेलाडीहरुलाई एक खेल हारेमात्र पनि प्रतियोगिताबाट बाहिरीने भन्ने कुराको ज्ञान भएकोले उनीहरु पनि जितको लागिनै मैदानमा उत्रने उनको भनाई रहेको छ । मकवानपुरे टिम अनिल थापा (कप्तान) कर्ण लिम्बु, योगेश गुरुङ, शिव श्रेष्ठ, एल्बीस, पिटर,अशोक बराल, विकेशलाल श्रेष्ठ, विक्रम बाँनीया, सुरज विष्ट, आकाश कटुवाल, रवि भण्डारी, शुसान्त लामा गणेश राई, भिम लामा, सुमन आलेमगर, विके लामा प्रमुख प्रशिक्षक, विजयलाल श्रेष्ठ साहायक प्रशिक्षक  सुविन घिमिरे छन् । आजको पहिलो खेल केही बेरमा सुरु हुँदैछ । 
-धर्मेन्द्र दाहाल, हेटौँडा

All news in One Place