मानवसेवा आश्रमको भवननिर्माणको सेवालाई रू. एक लाख एघार हजार एक सय एघार सहयाेग

अमेरिकामा रहँदै आउनु हुने हेटौंडा - ९ पशुपतीनगर निवासी शिव कृष्ण श्रेष्ठ र अंजु श्रेष्ठले आफ्नो दुई छोराहरू सुमित श्रेष्ठ र स्याम्यूल श्रेष्ठको ब्रतबन्धमा परिवार र आफन्तजनहरूबाट प्रात्त रू. एक लाख एघार हजार एक सय एघार हेटौंडा - ९ लामसुरे धापमा निर्माण हुँदै भवननिर्माण कार्यलाई सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी स - प्रेम योगदान गर्नु भएको छ।
केही समय अगाडी दुई छोराहरूको जन्म दिनको अवसरमा आश्रमका लक्ष्मीनारायणहरूको एक दिन भरिको विशेष भोजनसेवाको समेत योगदान पुर्याउनु भएका परोपकारी भावनाले ओतप्रोत शिव कृष्ण श्रेष्ठ र अंजु श्रेष्ठले मानवसेवा आश्रमको सेवा कार्यमा सदैव साथमा रही सहयोग जारी राख्ने प्रतिब्द्दता व्यक्त गर्नु भएको अभियन्ता सृजना ओलीले जानकारी दिनु भयो।
योगदान हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रमका अभिभावकहरू मनोज सुवेदी, राज्य थापा राजन, तारा प्रसाद लामिछाने, अनिल श्रेष्ठ लगाएत परिवारजनहरूको उपस्थिती रहेको थियो।मानवसेवा आश्रमका अभिभावक तारा प्रसाद लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा राज्य थापा (राजन) ले स्वागत एंव सहयोगी मनहरूलाई मानवसेवा आश्रमका प्रमूख रामजी अधिकारीले कृतज्ञता ज्ञापन गर्नु भएको थियो।

All news in One Place