भूकम्प पिडित विद्यार्थीहरूलाइ शैक्षिक सामग्री बितरण
राजन दाहाल/
भूकम्प प्रभाबित गाउँको सुचिमा रहेको हाँडिखोलाका बिभिन्न बिद्यालयमा अध्यनरत ७० बिपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको छ । शैक्षिक सामग्री प्राप्त गरेका उनिहरुले आफुहरु निकै खुसी भएको बताएका छन् । हाँडिखोला–५ भुन्द्रुङकी ममता प्रजा पनि शैक्षिक सामग्री पाएर खुसि लागेको बताइन् । कक्षा ४ मा अध्यनरत संगिताले भूकम्प पछि घर भत्कदा सबै र्शैक्षिक सामग्री पुरिएको बताइन् । पछि सबै बिग्रेछ पढ्न समस्या भइरहेको थियो, सहयोग पाएकोमा खुसी छु उनले भनिन् ।
फाइल फाेटाे |
आर्थिक अवस्था नाजृुक रहेर बालवालिका अध्यापनका लागि बिद्यालय पठाउँन गाह्राे भएका परिवारलाई स्ट्रोमो फाउण्डेसनको सहयोगमा एमआरसी नेपालले सोमबार शैक्षिक सामग्री बितरण गरेको हो । एमआरसीले फाउण्डेसनको सहयोगमा गाबिसको ३, ५ र ७ का १ सय ५० परिवार मध्ये भूकम्प प्रभाबित ‘क’ सुचिमा रहेकाको बालबालिकालाई सहयोग स्वरुप सामग्री बितरण गरेको हो । गाउँमा गठित कृषि समुह सिफारिसको आधारमा सस्थाले गाउँमा सहयोग गरेको हो । सस्थाले गाउँमा सरसरफाई, दिगो आयआर्जनको कार्यक्रम सहित अन्य शैक्षिक सहयोगको काम गरेको सस्थाका मकवानपुरका कार्यक्रम संयोजक बद्री कार्किले बताए ।
सस्थाका अनुसार सरसफाईमा शौचालय निमार्ण, आयआर्जनमा बिषादि रहित तरकारी उत्पादन, बिद्यालयका लागि बिज्ञान सामग्री र आर्थिक अवस्था न्यून भएका परिवारको बालबालिकालाई अध्यनका लागि शैक्षिक सामग्री बितरण कार्यक्रम सञ्चालन गरिएको छ । शैक्षिक सामग्री सस्थाका निर्देशक भरतबहादुर खड्का, फाउण्डेसनका अनुगमन अधिकृत रामनाथ ओझा, सस्थाका केन्द्रिय कार्यक्रम संयोजक नारायण लामिछाने, नबजाग्रीती प्राबि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब मल्ल, सहायक प्रधानाध्यापक एकराज पुरीले बितरण गरेका थिए ।