हेटौँडाको शानादार जित

शनिबारबाट हेटौँडामा सुरु भएको अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबलको उद्घाटन खेलमा घरेलु टोली ‘रिगल हेटौँडा एफसी’ हेटौँडाले भुटानको ‘भुटान क्लियरिङ क्लब बिरुद्ध शानदार विजय हाँसील गरेको छ । भुकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली हेटौँडाले भुटान क्लियरिङ फुटबल क्लबलाई ४–० ले पराजित गर्दै सेमिफाईल प्रबेश गरेको हो । 
हेटौँडाको बन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको प्रतियोगितामा भुटानलाई निकै दबाबमा राखेको हेटौँडाको लागि पहिलो गोल भने खेलको ३३ औ मिनेटमा एल्बीस अपोयले गरे । उनले रबि भण्डारीको पासमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलमा धेरै प्रयास हरु गरे पनि गोल गर्न नसकेको हेटौँडाले पहिलो हापसम्म १–० को अग्रतामा चित्त बुझाएको थियो ।
दोश्रो हाफमा अझ आक्रमक खेल खेलेको हेटौँडाले दोश्रो गोलको लागि भने ७० मिनेट सम्म कुर्न प¥यो , फलस्वरुप खेलको ७० औ मिनेटमा हेटौँडाको लागि योगेश गुरुङले गोल गर्दै टिमलाई २–० को अग्रतामा पु¥याए । खेलमा फर्कन प्रयास गरेपनि भुटान सफल हुन सकेन । निकै उत्कृष्ट फुटबल खेलीरहेका हेटौँडाका फरर्वाड जर्सी नं १० का एल्बीसले ७८ औ मिनेटमा ब्यक्तिगत दोश्रो तथा टिमको लागि तेश्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पु¥याएका थिए ।  निर्धारित ९० मिनेट सम्म ३–० को अग्रता कायम राखेको हेटौँडाले ४ मिनेट थपिएको अतिरिक्त समयको फाईदा उठाउँदै अतिरिक्त समयको तेश्रो अर्था ९३ औ मिनेटमा कर्ण लिम्बुको गोलको मदतले भुटानलाई ४–० ले पाखा लगायो । प्रतियोगितामा हार बेहोरेको भुटान प्रतियोगिताबाट बाहिरीदा हेटौँडा भने सेमिफाईनल प्रबेश गरेको छ । प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्दै दुई गोल गरेका एल्बीस म्यान आफ द म्याच भएका छन् । उनलाई खेलको प्रमुख अतिथी सांसद अनन्त पौडेलले पुरस्कृत गरेका थिए । 
खेल पश्चात प्रतिक्रिया दिँदै रिगल हेटौँडा क्लबका प्रशिक्षक बिजयलाल श्रेष्ठले केहि अबसर खेर नगएको भए अझ गोल हुने बताए । आफुहरुको खेलको तालमेल अझ मिलिनसकेको बताउँदै उनले आगामी खेलमा थप मेहनत गरेर मैदानमा उत्रने बताए । 
धर्मेन्द्र दाहाल/हेटाैंडा

All news in One Place