बालश्रमिकको लागि शिक्षाको महत्व बिषयक अन्तरक्रिया
प्लान ईन्टरनेशनलको सहयोगमा बाल कल्याण समाजद्धारा हेटौडा उपमहानगर पालिका भित्रका बाल श्रमिकहरुको भेला गराई बाल श्रमिककोलागि शिक्षाको महत्व बिषयक अन्तरक्रिया हेटौडाको आखा अस्पताल अगाडि रहेको श्रमिक बालबालिककाको बाल केन्द्रमा भएको छ । मिलिजुलि बालक्लबका सचिब कृष्ण महर्जनको सभाध्यक्षतामा, बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नब चिन्तनशिल युबा क्लबका अध्यक्ष संजय लोप्चन, उपाध्यक्ष आषिश मानन्धर, कोक्षाध्यक्ष अनुप मानन्धर, बाल श्रमिकहरु तेज बाहादुर गुरुङ, सुजिता लामा, जमुना थिङ, मेनुका मगर, र बाल क्लब सहजकर्ता श्रद्धा प्रधान लगायतकाले बाल श्रम अन्त्यका लागि शिक्षा महत्व रहेको बाताएका थिए ।
विद्यालय नगएका श्रमिक बालबालका र विद्यालय छोडी कामदारको रुपमा रहेका बालबालिकालाई पुर्ब बालश्रमिक एबं नव चिन्तनशिल युबा क्लबका अध्यक्ष संजय लोप्चनले सहजिकरण गरेका थिए । सहजिकरणको क्रममा शिक्षा के हो, हामी बालश्रमिकको जिबनमा शिक्षाको महत्व, नियमित पढ्नु पर्ने र जिबनको लक्ष लिन पर्ने बारे, पढ्न नसक्नेका लागि छात्रबृत्तिको ब्यबस्था हुन सक्ने, शिप सिक्न पनि शिक्षा आबश्यक पर्ने बारे सहजिकरण गरिएको थियो । सहजिकरणको क्रममा लोप्चनले आफु बालश्रमिक भएको बेला होप परियोजनाबाट छात्रबृत्ती पाई पढेको र पढ्न सकेकोले अहिले हाँडिखोलामा रहेको जनज्योति निमाविको शिक्षक हुन सकेको र बिएड् तेश्रो बर्षमा अध्ययन गरिरहेकोले सबैलाई सकेसम्म पढ्न आग्रह गरे ।
कार्यक्रम पछि उपस्थित विद्यालय छोडी कामदारको रुपमा रहेका बालश्रमिकहरुले पुनः विद्यालय भर्ना हुने, र विद्यालय भर्ना भई विद्यालय गईरहेका बालश्रमिकहरु आफ्नो लक्ष पुरा गर्न नियमित विद्यालय जाने प्रतिबद्धता समेत गरेका थिए । विद्यालय नजाने श्रमिक बालिकाहरुले सिप सिक्न पाए बाल श्रम रुपान्तरण हुने बारे बताईएको थियो ।
श्रमिक बालबालिकालाई शिक्षाको महत्वको बारेमा बोध गराई बालश्रम रुपान्तरण गर्दै हेटौडा उपमहानगरपालिकालाई बालश्रम मुक्त नगरको रुपमा स्थापित गर्न प्लान ईन्टरनेशनलको सहयोगमा कार्यक्रमको आयोजना गरिएको बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजका प्रकाश खतिवडाले जानकारी दिए ।