नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औँ राष्ट्रिय परिषद सम्पन्न
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले देशकै पहिचान मेटिने गरी जातीय र क्षेत्रीय पहिचानका कुरा उठाउनु गलत हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १९ औँ राष्ट्रिय परिषदलाई बिहीबार हेटौँडामा उद्घाटन गर्दै उहाँले अहिलेको संबिधानले कुनै जाती र क्षेत्र विशेषका समुदायलाई अन्याय गरेको देखाउन सके संबिधान संसोधन गर्न सकिने स्पष्ट पार्नुभयो । सबै वर्ग, क्षेत्र र समुदायका प्रतिनिधीत्व रहेको संबिधान सभाले बनाएको संबिधानले सबै जाति, भाषा, क्षेत्र र वर्गका समुदायलाई समेटेको दावी गर्दै उहाँले संबिधान कार्यान्वयनमा देशका सबै दलहरु जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा मन्त्री गिरीराज मणी पोखरेलले शैक्षीक क्षेत्रको गुणस्तर सुधारमा शिक्षकहरु समेत जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । यसैगरी राष्ट्रिय परिषदको अबसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । बिहीबारदेखि हेटौंडामा सुरु भएको १९ औं राष्ट्रिय परिषदको अबसरमा शिक्षक आन्दोलन, समाजसेवा, शिक्षा तथा खेलकुदमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको हो । संगठनले सञ्चारमाध्यम मार्फत समाजिक क्षेत्रमा दिएको उल्लेख्यनिय योगदानको कदर गर्दै महजोडी मदनकृष्ण श्रेष्ठ र हरीबँश आचार्यलाई अभिनन्दन स्वरुप सम्मान गरिएको छ । यसैगरी शिक्षक आन्दोलनमा योगदान पु¥याएका शिक्षकहरु बद्रिप्रसाद खतिवडा, दिपकप्रसाद श्रेष्ठ, बिन्दु गोर्खाली, धर्मदत्त न्यौपाने, श्रीचन्द्र शर्मा र भीमप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । यस्तै बँगलादेशमा भएको बँगबन्धु गोल्डकपमा नेपालको तर्फबाट ४ गोल गर्ने ईलामका खेलाडी नबयुग श्रेष्ठलाई समेत सम्मान गरिएको छ । यसैगरी २०७१ सालको एसएलसी परीक्षामा नेपाल प्रथम हुने बिद्यार्थीहरु भक्तपुरका दीक्षित पौडेल र रुपन्देहीकी भावना अर्याललाई प्रशँशा पत्रले सम्मान गरिएको छ । उनिहरुलाई कार्यक्रमक प्रमुख अतिथी उपप्रधान तथा रक्षा मन्त्री भीम रावल र शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले सम्मानपत्रले सम्मान गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष पद्मा पौडेल, जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, मदनकृष्ण श्रेष्ठ, हरीबँश आचार्य लगाएतले मन्तव्य व्यक्त गर्नुभयो ।