कलर्स हेटौंडा गोल्डकप महामेलाको तयारी पुरा
फागुन १ गते शनिबारबाट सुरुहुने कलर्स हेटौंडा गोल्डकप महामेलाको तयारी पुरा भएको छ । हेटौंडामा पहिलो पटक सञ्चालन हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको मैदान, प्याराफिट सहितको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितीका द्धितिय उपाध्यक्ष बिशाल घोसले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नको लागी ३९लाख रुपैंया लाग्ने बताईएको छ । प्रतियोगिताको लागी हालसम्म २१ लाख रुपैंया संकलन भईसकेको र बाँकी रकम टिकटबाट संकलन गरिने भएको छ ।
आयोजकका अनुसार टिकटबाट मात्र १५ लाख रुपैंया संकलन गरिने लक्ष्य राखिएको छ । पहिलोपटक हेटौंडामा अन्तराष्ट्रिय गोल्डकपको मज्जा प्याराफिटमा बसेर लिन सकिने भएको छ । आयोजकले एकहजार २सय दर्शक क्षमता भएको फलामे प्याराफिट निर्माण गरेको छ । भारत र भुटानसहित ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयीले नगद तीनलाख र उपबिजेताले नगद एकलाख ५०हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक कलर्स मोबाईल रहेको छ ।
-पुष्पराज अधिकारी, हेटौंडा
-पुष्पराज अधिकारी, हेटौंडा
