धादिङका १ सय ६० बालबालिकालाई न्यानो कपडा

मास्टरपिस नेपालको आयोजनामा धादिड जिल्लाका तीनवटा विद्यालयहरुमा अध्ययन बाल बालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
   धादिङका एकसय साठी बालबालिकाहरुलाई व्यवसाई विकास प्रधानसँगको सहकार्यमा कपडा वितरण गरिएको कार्यक्रम संयोजक पुनम खड्गीले जानकारी दिइन् । मास्टरपिस नेपालले धादिङको श्री उड्वादेवी प्रजा प्राथमिक विद्यालय, श्री बाराही प्राथमिक विद्यालय र श्री गोगनपानी माध्यामिक विद्यालयका बालबालिकालाई वितरण गरेको हो ।
सामाजिक संजालमार्फत सहयोग संकलन
 गरी मास्टरपिसले कपडा सहयोग गरेको हो । संयोजक खड्गीले भनिन्–‘विगत लामो समयदेखि हामी शिक्षाको क्षेत्रमा कामहरु गरिरहेको छौ तर अली फरक तरिकावाट सामाजिक संजालको माध्यामवाट आर्थिक तथा सहयोगी दाताहरु खोजी अन्त्यन्तै नाजुक अवस्थामा रहेको विद्यालय भवन निर्माण, बिपन्न र अति आवश्यक बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान एवंम समय अनुसार जाडो मौसममा न्यानो कपडा वितरण अन्य समयमा पनि विद्यार्थी र विद्यालयको आवश्यकता बमोजिम शैक्षिक सामाग्रीहरु वितरण गरिरन्छौ ।’ 











सामाजिक काम आफ्नो ईच्छाको बिषय भएकाले पनि जती नै कठिन परिस्थतीमा पनि आफुले यसलाई निरन्तरता दिईरहको संयोजक खड्गीले बताइन् । बिभिन्न क्षेत्र तथा संम्प्रदायको बालबालिकाहरु भएकाले उनीहरुले न्यानो कपडा पाएपछि निकै खुसी भएका थिए । देशको परिवर्तनको संवाहक युवा नै भएकोले जती सुकै ब्यस्त भए पनि केही समय देश र समाज रुपान्तरणको लागि दिन आवश्यक रहेको मास्टरपिस नेपालकी कार्यक्रम संयोजक पुनम खड्गीले बताइन् ।


All news in One Place