स्वच्छन्दको वार्षिक उत्सव मनाइयो

मकवानपुर चित्लाङमा रहेको स्वच्छन्द भैरव उच्च माविको ५८ औ वार्षिक उत्सव तथा ६५ औ सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम चित्लाङमा सम्पन्न भएको छ । मकवानपुर २ नंबर क्षेत्रका सांसद सुभाषसिंह ठकुरीको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम भएको थियो । कार्यक्रममा स्स्वच्छन्द भैरव उच्च माविका प्रचार्य विष्णुप्रसाद दाहालले विद्यालयको आर्थिक वर्ष २०७१/०७२ को १ करोड ३२ लाख ३६ हजार ३३४.१७ रुपियाँ बराबरको आयव्य प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयको अक्षकोषका संस्थापक, फरेष्टी क्याम्पस संचालनका लागि सहयोग गर्ने चन्दादाताहरु, महायज्ञका दाताहरुको लगायतकाको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यादलयको वार्षिक उत्सव कार्यक्रमकै अवसरमा छात्रवृत्ति पनि वितरण गरिएको थियो । त्यस्तै वर्षेनी तामाङ युवा समितिले वितरण गर्ने छात्रवृत्ति पनि बाँडिएको प्राचार्य दाहालले बताए । कार्यक्रममा अक्षयकोषका संस्थापक लक्ष्मण गमाल, स्रोतव्यक्ती नारायण भण्डारी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम स्वच्छन्द भैरव उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष सुरेश लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।