२ नंबर क्षेत्रीय अध्यक्षमा केसी


एकीकृत अखिल नेपाल शिक्षक संगठनको क्षेत्रीय अध्यक्षमा राजकुमार केसी निर्विरोध निर्वाचित भएकाछन् । शनिबार थाहा  नगरको जनकल्याण उच्च माविमा सम्पन्न भएको क्षेत्रीय अधिवेशनले केसीको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रीय कमिटि चयन गरेको हो ।

 एकीकृत अखिल नेपाल शिक्षक संगठनको मकवानपुर जिल्ला उपाध्यक्ष बिमलकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षद्धयमा मिनबहादुर सिन्तान, विष्णु यादव, सचिवमा उमेश थिङ, कोषध्यक्षमा भगवती लम्साल, सह–सचिवमा प्रकाश धमला र सदस्यहरुमा   जयराम अधिकारी, सिंहबहादुर योञ्जन, बिमला पौडेल, दिनेशकुमार स्याङ्दान, बिजयबाबु बस्नेत, शेखर कार्की, दिपक बिष्ट, जंगबहादुर लामा लगायत चयन हुनु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का संयोजक तारानाथ खतिवडाको प्रमुख आतिथ्यता, पूर्व सभाषद् प्रेमबहादुर पुलामी बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मकवानपुर जिल्ला अध्यक्ष परशुराम गौतम एकीकृत अखिल नेपाल शिक्षक संगठनको सल्लाहकार तथा प्राध्यापक संघका अध्यक्ष ऋषिराम पोखरेल, एकीकृत नेकपा माओवादी मकवानपुरका सदस्य बिष्णु बिष्ट, नगर संयोजक अरुण रायमाझी, जनकल्याण उच्च माबि पालुङका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष       राजीवकुमार स्याङदानको आतिथ्यता रहेको थियो ।

All news in One Place