जिल्ला लिग फुटबल : सिटी ईन्टरनेट, सात नंबर फुटबल तथा छतिवन विजयी

धर्मेन्द्र दाहाल
हेटौँडा/जिल्ला लिग फुटबल अन्र्तगत शुक्रबार भएका खेलहरुमा सिटी इन्टरनेट, ७ नंबर फुटबल टिम तथा छति वन खेलकुद विकास समिती विजयी भएका छन् । हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेलमैदानमा भएको शुक्रबार बिहानको पहिलो खेलमा सिटी इन्टरनेटले चौकिटोल यूथलाई १–० ले पराजित गर्दै क्वाटरफाईनलको संभावनालाई नजिग बनाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीलाई जित दिलाउन खेलको ३२ औ मिनेटमा विजय लामाले गोल गरे । प्रतियोगितामा उनी नै म्यान अफ द म्याच   भए । 
शुक्रबारनै भएको दोश्रो खेलमा ७ नंबर फुटबल टिमले एफसी नामटारलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाईनल संभावनालाई बलियो बनाएको छ । प्रतियोगितामा निकै आक्रमक ढंगले प्रस्तुत भएको ७ नंबरको लागि खेलको छैठौ मिनेटमानै विकास केसीले गोल गर्दै क्लबलाई १–० को अवस्थामा पु¥याएका थिए । निरन्तर आक्रमण गरेको ७ नंबर टिमको लागि दोश्रो गोल खेलको १० औ मिनेटमा राजु लामाले गर्दै टिमलाई २–० को अवस्थामा पु¥याए । पहिलो हाफ २–० ले अघि रहेको ७ नंबरको लागि दोश्रो हाफ पनि सुखद बन्यो । दोश्रो हाफको ३९ औ मिनेटमा विबेक तिवारीले गोल गर्दै टिमलाई ३–० को अवस्थामा पु¥याएको दोश्रो मिनेटमानै पुन राजु लामाले गोल गर्दै टिमलाई ४–० को विशाल जित दिलाए ।  राजु नै प्रतियोगिताको म्यान अफ द म्याच भए । 
शुक्रबारनै भएको निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा पिप्ले युथ एकेडेमीलाई १–० ले पराजित गर्दै छतिवन खेलकुद विकास समितिले क्वाटरफाईनल संभावनालाई बलियो बनाएको छ भने पिप्लेको यात्रा लिग चरणबाटनै सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट गोल गर्ने धेरै अबसरहरुको सदुपयोग हुन नसक्दा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोश्रो हाफमा दुबै टोलिबाट आक्रमक प्रयासभएपनि बाजी भने खेलको अन्तिम समयमा आएर छतिवनले मार्न सफल बन्यो । छतिवनका लागि निकै लयमा देखिएका तारा नेगीले ५७ औ मिनेटमा विजयी गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । प्रतियोगितामा नेगी नै म्यान अफ द म्याच भए । 
प्रतियोगितामा शनिबार पनि तिन खेलहरु हुने भएका छन् । शनिबार हुने पहिलो खेलमा पशुपति युथले एफसी पोतालाको सामना गर्दा दोश्रो खेलमा लिगबाट बाहिरीसकेको एफसी चाईना र नवमिलन क्लब विच हुने छ भने तेश्रो खेल चुरेकालिका तथा सक्षम युवाविच हुनेछ ।

All news in One Place