इन्टरनेट र प्रगतिशिल बिजयी प्रतिभा र सक्षमले अंक बाँढे
धर्मेन्द्र दाहाल ।
हेटौँडा/हेटौँडाको वन विज्ञान अन्ध्ययन सस्थानमा जारी जिल्ला लिग फुटबल अन्र्तगत नयाँ वर्ष २०७३ को शुभारम्भमा भएको खेलहरुमा हेटौँडाको एफसी इन्टरनेट तथा गैरीगाउँको प्रगतिशिल यूवा विजयी बन्दा प्रतिभा क्लब तथा सक्षम युवा क्लबले अंक बाढेका छन् ।
जिल्ला लिग अन्र्तगत बिहिबार बिहान भएको पहिलो खेलमा सुमह‘सी’मा रहेको प्रतिभा र र सक्षम युवा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा चुरीयामाईलाई पराजित गरेको प्रतिभाले दोश्रो चरण प्रबेशलाई सतप्रतिशत बनाउनको लागि जित्नैपर्ने खेलमा बराबरीमा चित्त बुझाएपछि अब उसले दोश्रो चरण प्रबेशको लागि चुरेकालीका र सक्षमको नतिजा कुर्नु पर्ने भएको छ । यो समुहमा ४ अंक सहित प्रतिभा पहिलो स्थानमा रहदा १ अंब जोडेको सक्षम तथा कुनै पनि अंक नजोडेको चुरेकालीका रहेका छन् । प्रतियोगिता अन्र्तगत खेलको पहिलो अग्रता सक्षमका उदय लामाले खेलको २३ औ मिनेटमा गोल गर्दै दिलाएपनि ३५ औ मिनेटमा प्रतिभाका सुरज लामाले गोल गर्दै टिमलाई १–१ को बराबरीमा पु¥याएका थिए । प्रतियोगितामा सक्षमका उदय लामा म्यान अफ द म्याच भएका छन् ।
बिहिबारनै भएको दोश्रो खेलमा हेटौँडाको एफसी इन्टरनेटले चौघडाको सिएफटीलाई ४–० को भारी अन्र्तरले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सहज वाटो निर्माण गरेको छ । सुरुवातबाटनै निकै आक्रमक खेल पस्केको इन्टरनेटले खेल सुरु भएको पहिलो मिनेटमानै आशिष लामाको गोलबाट अग्रता हाँसील गर्न सफल बनेको थियो । विपक्षी सिएफटीलाई पूर्ण रुपमा दबाबमा राखेको इन्टरनेटको लागि दोश्रो गोल खेलको २५ औ मिनेटमा सुशान्त लामाले गरे । उनको गोलसँगै पहिलो हाफ २–० को अग्रता हाँसील गरेको इन्टरनेटको लागि थप २ गोल दोश्रो हाफमा भयो । दोश्रो हाफको तेश्रो अर्थात ३३ औ मिनेटमा रवि भण्डारीले गोल गर्दै टिमलाई ३–० को मजबुत अवस्थामा पुराएका थिए । खेल सकिन १ मिनेट बाँकी रहदा पुनः आशिष लामाले ब्यक्तिगत दोश्रो तथा टिमको लागि चौथो गोल गरेपछि खेलमा इन्टरनेट ४–० ले विजयी बन्दै क्वाटरफाईनल नजिग पुगेको हो खेलमा इन्टरनेटका आशिष म्यान अफ द म्याच भए ।
विहिबारनै भएको तेश्रो खेलमा प्रगतिशिल यूथले पदमपोखरी सिटीलाई १–० ले पराजित गरेको छ । प्रतियोगितामा एक मात्र विजयी गोल प्रगतिशिलको तर्फबाट खेलको ५० औ मिनेटमा सुमित बयलकोटीले गरे । उनी दै प्रतियोगिताको म्यान अफ द म्याच समेत भएका छन् ।