आग्रामा जिल्ला स्तरीय भलिवल हुने
| फाइल फाेटाे |
हेटौँडा/मकवानपुरको उत्तरी गाविस आग्रामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय आग्रा ५ मा रहेको कालिदेवी युवा समुहको आयोजनामा भलिवल प्रतियोगिता हुने भएको हो । समुहले बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आग्रा ५ डाँडावासमा आउँदो बैशाख ७ गतेबाट ११ गतेसम्म जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रचारप्रसार संयोजक काजिमान गोलेले जिल्लाभरका १५ वटा टिमलाई प्रतियोगितामा समावेस गराउने तयारी भएको बताए । ५० हजार ५ सय प्रथम पुरस्कार रहेको प्रतियोगितामा द्वितिय हुने टिमले ३० हजार ३ सय तथा तृतिय हुनेले २० हजार २ सय नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको समापनमा गृह मन्त्री शक्ति बस्नेत आउने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगितामा ३ लाख ६१ हजार खर्च हुने अनुमान गरिएको छ ।