एकाबिहानै बज्रवाराहीमा घर जल्यो
![]() |
| तस्विरः गुगल |
मकवानपुर थाहा नगरपालिका वडा नंबर १३ भटुवालका प्रदिप सिंह ठकुरीको घर आगलागी हुँदा जलेर नष्ट भएको छ । १० वैशाख विहान सवा छ बजे लागेको आगो करिब साँढे २ घण्टापछि स्थानीय बासिन्दा र नेपाली सेनाको सहयोगमा निभाइएको सुनौला माविका प्रधानाध्यापक कृष्णप्रसाद लामीछानेले जानकारी दिए ।
आगलागीमा परी ठकुरीले पालेको ४० वटा कुखुरा मरेका छन् भने घरमा भएका सम्पूर्ण अन्न, फर्निचर तथा लत्ताकपडालगायका सबै जलेको पीडित ठकुरीले बताए । आगलागीका कारण करिब १० लाख बढिको क्षति भएको उनले जानकारी दिए । बालबालिकाले लाइटर खेलाउँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेनाको चनवन ब्यारेकका १ सय ८२ नेपाली सेना तथा स्थानीय करिब ३ सय जनाले सहयोग गरेका थिए ।
