बुद्धिजीवी संगठनको चौथो जिल्ला सम्मेलनः२५ सदस्यीय नयाँ कार्यसमिति

हेटौडा, २० चैत्र/ नेपाल बुद्धिजीवी संगठन मकवानपुरको चौथो जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष कुलानन्द गिरीले बुद्धिजीवीहरुले राष्ट्रियता, स्वाधिनता तथा समसामयिक राजनीतिक विषयहरुमा सर्वसाधरण नागरिकहरुलाई बहस मार्फत स्पष्ट पारिदिने जिम्मेवारी आइसकेको बताए । बुद्धिजीवीहरु आफ्ना लागि मात्र नभएर अलमलमा परेका नागरिकहरुलाई प्रष्ट पार्ने जिम्मेवारी माक्र्सवादी बुद्धिजीवीहरुको काँधमा आएको भन्दै मालेमावादी सिद्धान्त बोकेर समाज परिवर्तनको बाटोमा लाग्नु समेत उहाँले आग्रह गरे ।

कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य गुणराज गौतम र केशव गौतमले बुद्धिजीवीहरुले समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विशिष्ट अतिथि एकीकृतन नेकपा (माओवादी) मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीले पार्टीलाई बलियो बनाउन र पार्टीका नीति तथा सिद्धान्तको विषयमा व्यापक छलफल गरेर जनतहमा लैजान सहयोग गर्ने काम बुद्धिजीवीको भएको जानकारी दिए । एनेकपा (माओवादी)का सचिवालय सदस्य ललित घलानले अहिलेको परिस्थितिमा बुद्धिजीवीहरुको आवश्यकता पार्टीलाई परेको बताउनुभयो । त्यसैगरी वरिष्ठ पत्रकार एवं एनेकपा (माओवादी) सल्लाहकार समितिका अध्यक्ष कौशल पाण्डेले बुद्धिजीवीहरुले आफूले अध्ययन गरेका कुराहरु जनतासामु पु¥याउने र अध्ययन गर्ने विषयहरुबारेमा ध्यान दिने काम बुद्धिजीवीको भएको बताए । कार्यक्रममा प्राध्यापक संघ मकवानपुरका अध्यक्ष ऋषिराम पोख्रेलले समाजमा रहेका अन्धकारलाई चिर्न यो संगठन सफल हुने आफूले विश्वास लिएको बताए । कार्यक्रममा एकीकृत शिक्षक संगठनका मध्यामाञ्चल संयोजक तारा खतिवडाले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिय । कार्यक्रममा अतिथिहरुमा एमाओवादीका जिल्ला सचिवालय सदस्य प्रकाश पौडेल, सागर बानिया,  नेपाल कर्मचारी महासंघका केन्द्रीय सदस्य बसन्तराज गौतम, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष नानीमैया विष्ट लगायतका रहेका थिय । सम्मेलन आयोजक समितिका संयोजक अरुण खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्मेलनले अरुण खतिवडाको अध्यक्षतामा २५ सदस्यीय नेपाल बुद्धिजीवी संगठन, मकवानपुर निर्माण गरेको छ । जसको उपाध्यक्षमा राजकुमार चौधरी र अनुराधा उप्रेती, सचिवमा दिर्घ भट्टराई, सहसचिवमा राखी लामा, कोषाध्यक्षमा बुद्धि ढकाल सहित वाँकी सदस्यहरु रहेका छन् ।

All news in One Place