‘प्रिय नेता नहुँद राजनीतिमा जनविश्वास बढेन’

धर्मेन्द्र दाहाल
हेटौँडा/नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य  मुमाराम खनालले नेपालमा अहिले जनताको प्रिय नेता नरहेको बताएका छन् । राजनेता प्रिय नहुँदा जनताको राजनीति प्रति मोह नरहेको र राजनीतिलाई घृणा गर्ने प्रचलन बढदै गएको उनको भनाई रहेको छ । बुधबार हेटौँडामा नयाँ शक्ति नेपाल मकवानपुरले गरेको ‘नेपालको आर्थिक समृद्धिका आधाहरु’ विषयक बहस अन्र्तरक्रिया कार्यक्रममा बोल्दै वाम विश्लेषक समेत रहेका खनालले राजनीतिले इज्जत गुमाएको देशले कुनै प्रकारको प्रगति गर्न नसक्ने बताए । नेपाली राजनीतिले जनतालाई विश्वास दिलाउन नसकेको बताउँदै अब नयाँखाले सोच तथा प्रगतिशिल विचार भएको दल आवश्यक्ता रहेको र जनतालाई इज्जत गर्ने राजनीतिक समुह सक्रिय हुनुपर्ने आवश्यक्त औल्याए । 
नयाँ शक्ति नेपाल नयाँ भिजनको दल भएको र कुरा भन्दा काम गर्ने योजनाको साथ गठन भएको भन्दै खनालले अब मुलुक राजनीतिक अस्थिरताबाट माथि उठ्दै आर्थिक समृद्धिको दिशामा अग्रसर हुनुपर्ने बताए । 
कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका केन्द्रीय सचिवाल सदस्य केशव दाहालले आफ्नै पालामा समृद्धि खोजनु पर्नेमा जोड दिए । हामीले हाम्रै पालामा समृद्धि प्राप्त गर्न सके भविष्यका पीडिले थप राजनीतिक आन्दोलनमा अल्झन नपर्ने उनको भनाई रहेको थियो । समृद्धिनै अबको राष्ट्रिय लक्ष हुनुपर्ने बताउँदै दाहालले अब नेपालमा जनमुखी प्रजातन्त्र आवश्यक रहेको बताए । 
कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेता गंगानारायण श्रेष्ठले आफुहरु नयाँ पार्टी भन्दा पनि नयाँ घर निर्माणमा सक्रिय रहेको बताए । २१ औ शताब्दीमा पुरानो अर्थतन्त्रको मोडेल ले काम नगर्ने बताउँदै उनले नेपालको विकासको लागि नयाँ आर्थिक मोडेल आवश्यक रहेको बताए । 
कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै तिनैजना नेताहरुले नयाँ शक्ति नेपाल मुलुक विकासमा सदैब अग्रसर रहने कुरामा विश्वास गर्न सबैमा आग्रह समेच गरेका थिए । कार्यक्रममा जिल्ला संयोजक प्रल्लाद लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।

All news in One Place