‘अब कोखा दुखाउनु पर्दैन’

धर्मेन्द्र दाहाल
नामटार/चितवनको भण्डराबाट विवाह भएर यहाँ आए, चितवन छँदा गाग्रो भनेको राम्ररी बोकेको थिईन् । यहा आएपछि दिनहुँ घण्टौ हिडेर एक गाग्रो पानी ल्याउनु प¥यो । कोखा दुखैर बस्नु हुदैनथ्यो । केहि दिन पछि वानी त प¥यो तर कोखा दुख्न भने छोडदैनथ्यो जसले गर्दा सधै विरामी जस्तै हुन्थे । नामटार १ कँडेल गाउँकी दुर्गा कडेलले दुखेसो पोखिन् । 


उनले भनिन् आज निकै खुसी छु । घरको आँगनमा पानी आईपुगको छ । अब पाउना आउँदा पिर लाग्दैन् भनेको बेला नुहाईधुवाई गर्न पाइन्छ, कोखा दुग्दैन् । पानी बोक्ने समयलाई अब तरकारी खेतीमा खर्च गर्र्दै आर्थिक उन्नतीतर्फ लाग्छु ।

नामटार १ खाँडेधारका स्थानीय रामप्रसाद चिमरीयाले पनि गाउँमा निर्माण भइ सञ्चालनमा आएको धाराले गाउँलेको आधा दुख समाप्त पारेको बताउँछन् । उनले भने ः हाम्रो प्रमुख समस्या भनेकै खानेपानी थियो तर यो समस्या अहिले समधान भएको छ, हाम्रो सबैभन्दा ठुलो समस्या समधान भएको छ । खानेपानी नहुँदा स्थानीयहरु गाउँमा रहेको मनहरी खोलाबाट पानी ल्याएर खानुपर्ने वाध्यता थियो । खोलाको पानीको कारण स्थानीयको स्वास्थ्यमा पनि समस्या पर्ने गरेको थियो । अब मुहानको स्वस्थ पानी खान पाईने भएकोमा उनले खुसी ब्यक्त गरे ।
बिहिबार नामटार १ खाँडेधारमा निर्माण भएको खानेपानी धाराको शुभारम्भ तथा योजना अनुगमन कार्यक्रममा स्थानीयहरु निकै खुसी देखिन्थे । नेपाल स्वास्थ्यको लागि पानी (नेवा)को आर्थिक तथा प्राविधिक सहयोग, स्थानीय नामटार गाविसको आर्थिक सहयोग तथा जनश्रमदानबाट निर्माण गरिएको धारा उद्घाटनमा बोल्दै स्थानीय साँडेधार खानेपानी आयोजनाका अध्यक्ष रामशरण हटुवालले  नेवाले गाउँलेको अनुहारमा खुसी ल्याईदिएको बताए । स्थानीयहरु छाति फुलाएर पाहुनाको स्वागत गर्न सक्षम बनेको उनले बताए । आयोजनाको लागि स्थानीय गाविसले पनि भरपुर सहयोग गरेकोमा उनले गाविसलाई पनि भुलेनन् । कार्यक्रममा बोल्दै नेवाका हरि रिमालले आफुहरुको उदेश्य प्रत्येक नागरिकको सहज पहुँचमा स्वस्थ खानेपानी हुनुपर्ने रहेको बताए । विकट नामटारमा आएर काम गर्दा आफुहरुलाई पनि निकै सम्मानित कार्य गरेको अनुभव भएको उनको भनाई रहेको थियो । योजना सफल भएसँगै यसलाई संरक्षणको आवश्यक्ता पर्ने भएकोले संरक्षणको लागि स्थानीहरुको भुमिका आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नामटार गाविसका सचिव मनोज लामिछानेले नेवाले नामटारको लागि निकै ठुलो कार्य गरेको बताए । मानिसको जीवनको सबैभन्दा आवश्यक पानी रहेको तर यहाका वासिन्दाहरु पानीको अभावमा कष्टकर जीवन विताउँदै गएको अवस्थामा पानीलाई घरघरमा पु¥याउनु ठुलो उपलब्धी भएको उनको भनाई रहेको छ । 
नेवाले साँडेधार आयोजना अन्र्तगत वडा नं १ मा ७ गाउँलाई हुनेगरि २६ धारा निर्माण गरेको छ । स्थानीय नामटार गाविसको १ लाख, नेवाको १८ लाख ८९ हजार तथा स्थानीय श्रमदान वापत ९ लाख गरी २८ लाख ९७ हजार ४ सय २ रुपैँयाको लागतमा धाराहरु निर्माण गरेको हो । नेवाले नामटार गाविसभर १ सय २३ वटा धारा निर्माण गरेको छ । जसमध्य केहि निर्माण हुँदै गरेको आयोजना निरिक्षक प्रेमराज शाहले बताए ।

All news in One Place