जिल्ला लिग स¥यो
धर्मेन्द्र दाहाल ।
हेटौँडा/यहि चैत्र १३ गतेबाट आयोजना गर्ने भनिएको जिल्ला लिग फुटबल प्रतियोगिताको समय तालिका पुन फेरिएको छ । प्रतियोगिता अब चैत्र २७ गतेबाट सुरु हुने जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । भुकम्प तथा नाकाबन्दीको कारण यो वर्ष जिल्ला लिग फुटबल ढिला भएको बताउँदै आएको संघले चैत्र १३ गतेबाट लिग सुरु गर्ने जनाएको थियो । तर यो पटक पनि जिल्ला लिगलाई समय सुहाएन् । यो पटक जिल्ला लिग सार्नुको मुख्य कारण प्रबेशिका परिक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।
विकासखबरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भने ः जिल्ला लिगमा धेरै खेलाडीहरु स्कुलमा अध्यन गर्ने र प्रबेशिका परिक्षामा सामेल हुने भएकोले लिगको समय केहि पर सारिएको हो, जसले गर्दा लिगलाई थप ब्यवस्थित पनि बनाउन सकिन्छ । जिल्लाकै सर्वाधिक महत्व बाेकेको प्रतियोगितामा कम्तिमा १६ टिमको सहभागिता रहने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
पोतालाको प्रारम्भिक टिम घोषणा
हेटौँडा/जिल्ला लिग फुटबल प्रतियोगिताको लागि डिफेन्डीङ् च्यम्पियन कर्राको एफसी पोतालाले आफ्नो प्रारम्भिक टिम घोषणा गरेको छ । क्लबका अध्यक्ष टिकाराम लामाले दिएको जानकारी अनुसार यो पटक टिम कोचमा राजु विष्ट रहेका छन् । विष्ट राष्ट्रिय खेलाडी रञ्जन तथा अञ्जन विष्टका पिता समेत हुन् ।
पोतालाले मनोज लामाको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो टिममा क्रिशु मल्ल, विके लामा, पन्ना लामा, भिम लामा, विमल पाण्डे, सुमन लामा, अजय चौधरी, मन्दीप लामा, अर्जुन लामिछाने, अखिललाल श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, चन्द्र लामा, केशब लामा, पाल्देन लामा, शम्भु ढकाल तथा आकाश कटुवाल रहेका छन् । टिम म्यानेजरमा विमल श्रेष्ठ टोनी रहेको अध्यक्ष लामाले बताए । यो वर्ष पनि लिग विजेता बन्दै लगातार ४ पटक सम्म लिग च्याम्पियन बन्ने उदेश्य रहेको लामाले बताए ।