एसएलसी परिक्षालाई बालिका र अपाङ्गमैत्री बनाउँन आग्रह
शिक्षाका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरुको शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल मकवानपुरले एसएलसी परिक्षालाई बालिका र अपाङ्गमैत्री बनाउँन आग्रह गरेको छ । सञ्जालको हेटौँडामा भएको बैठकले बालिका र अपाङ्गका लागि परिक्षा केन्द्रमा साबुन पानी, सेनेटरी प्याडसहितको शौचालय सञ्चालन गर्न माग गरेको हो ।
सञ्जालले जिल्ला शिक्षा कार्यालय र सदस्य संस्थाहरुसँग समन्वय गरि परिक्षा केन्द्रहरुमा बिद्यार्थीका लागि सचेतनामूलक सन्देशसहितको उत्प्रेरणामूलक फ्लेक्स राख्ने पनि निर्णय गरेको छ । त्यस्तै, जिल्ला शिक्षा कार्यालय मकवानपुरले गरेको अनुगमन प्रति पनि सञ्जालले ध्यानकर्षण जनाएको छ । शैक्षिक गुणस्तरीय बिकासका लागि गरिएका अनुगमनलाई निरन्तरता दिन आग्रह गर्दै सञ्जालले शुभकामना समेत दिएको छ । सञ्जालले श्रोत केन्द्र स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगिता, बिद्यार्थीको नजरमा शिक्षक बिषयक बक्तृत्वकला लगाएत कार्यको प्रशंसा गर्दै रचनात्मक कार्यलाई जारी राख्न समेत आग्रह गरेको छ ।
बैठक शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल मकवानपुरका संयोजक नरबहादुर पाख्रिनको अध्यक्षतामा बसेको थियो ।
सम्बन्धीत समाचार: