हेटौंडा–पदमपोखरी रुटमा मनलाग्दो भाडा दर
हेटौंडा–पदमपोखरी सिग्रेनी रुटमा संचालन हुने यात्रु बहाक बसले यात्रुबाट लाग्ने भन्दा दोब्बर भाडा असुली रहेको गुनासो आएको छ । मुलुकमा नाकाबन्दीका बेला इन्धनको समस्याको कारण देखाउँदै उक्त रुटमा रु.१५ को भाडा बढाएर रु.२५ देखि रु.३० सम्म यातायात व्यवशायीले भाडा असुल गर्दै आएका थिए ।
अहिले नाकाबन्दी हटेपश्चात् पनि भाडा नघटाएको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् । नाकाबन्दीको बेला यातायात व्यवशायीले बढाएको भाडा पुरानै दरमा कायम गर्न सरकारले निर्देशन दिँदा समेत पदमपोखरी–हेटौंडा रुटका बसहरुले भाडा घटाएका छैनन् ।
स्थानीय यात्रुहरुले भाडा घटाउनको लागि दवाव दिदा पनि बस संचालकले बढेकै दरमा भाडा लिइरहेका छन् । त्यस रुटमा चल्ने बसहरुले बस नै पिच्छे फरक फरक भाडा उठाउने गरेको एक यात्रुले बताइन ।
