राष्ट्रिय दलित मुक्ति मोर्चाको क्षेत्रिय समम्मेल सकियो: नगर र क्षत्रिय समिति गठन
एनेकपा माओवादी केन्द्रीय सदस्य अन्जना विशंखेले जातजातीको बिचमा हुने विभेदलाई अन्त्य गर्नका लागि संगठन बलियो हुनुपर्ने बताएकी छिन् । एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तीमोर्चा, यसका लागि थप सक्रियतकासाथ अघि बढिरहेको बताउँदै थप सशक्त बन्ने विश्वास दिलाइन् । २७ फागुनमा थाहा नगरपालिकाको विकास घरमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानुर क्षेत्र नंबर २ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै विसंखेले यस्तो बताएकी हुन् ।
केन्द्रीय सदस्य विशंखेको प्रमुख आतिथ्यतामा भएको क्षेत्रिय भेलाले मोर्चाको थाहा नगर तथा क्षेत्रिय समिति गठन गरेको छ । भेलाले जमिन दियालीको अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष काजेन्द्र परियार, सचिव शिखा विक, सह सचिव सुरेन्द्र परियार र कोषध्यक्षमा अर्जुन सुनार छन् ।
त्यसैगरी सदस्यहरुमा विनोद विक, रामपुकार परियार, सानु घिमिरे, कपुर सुनार, सन्दिप सुनार, राम परियार, पहलमान परियार, सुमन गोपली छन् । सम्मेलनमा दलित मुक्ति मोर्चा केन्द्रीय सचिवालयका सदस्य जंगबहादुर विश्वकर्मा, जिल्ला सम्मेलन संयोजक रामबहादुर नेपाली, एकीकृत नेकपा माओवादी थाहा नगर सचिव विनोद लामा, कोषाध्यक्ष इच्छापूर्ण कार्कीलगायतकाको आतिथ्यता रहेको थियो । भेलाले अर्जुन सुनारको अध्यक्षतामा १७ सदस्यीय नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा थाहा नगर कमिटि पनि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पहलमान परियार, सचिवमा सन्दिप सुनार, सहसचिवमा रामप्रसाद परियार र कोषाध्यक्ष शिखा विक चयन भएका छन् भने सदस्यहरुमा सुमन नेपाली, कपुर सुनार, शान्ति बिक, बिनोद बिकलगायत छन् ।