विकासका लागि एकजुट र सहमति निर्विकल्प: हरेराम कार्की
नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीले मकवानपुरको थाहा नगर स्तरीय समिति यस अघि नै बनाइ सकेको छ । नगर समितिबाट अहिले थाहा नगरको राजनीतिक दलको संयन्त्रको प्रतिनिधित्व गरिरहेको छ । यससंगै राप्रपा नेपालले पनि आफ्नो संयोजक चयन गरेको छ । यद्यपि राप्रपा नेपालले यस अघि नगर समिति गठन नगरेको चएपनि दलिय संयन्त्रमा भने सहभागी हुँदै आएको थियो । विकास खबरपत्रिकाको यस अंकमा हामीले राप्रपा नेपालका नगर स्तरीय तदर्थ समितिका संयोजक हरेराम कार्कीसंग कुराकानी गरेका छौं ।
विकासका लागि एकजुट र सहमति निर्विकल्प
नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीले मकवानपुरको थाहा नगर स्तरीय समिति यस अघि नै बनाइ सकेको छ । नगर समितिबाट अहिले थाहा नगरको राजनीतिक दलको संयन्त्रको प्रतिनिधित्व गरिरहेको छ । यससंगै राप्रपा नेपालले पनि आफ्नो संयोजक चयन गरेको छ । यद्यपि राप्रपा नेपालले यस अघि नगर समिति गठन नगरेको चएपनि दलिय संयन्त्रमा भने सहभागी हुँदै आएको थियो । विकास खबरपत्रिकाको यस अंकमा हामीले राप्रपा नेपालका नगर स्तरीय तदर्थ समितिका संयोजक हरेराम कार्कीसंग कुराकानी गरेका छौं ।
राप्रपा नेपालको थाहा नगर नेतृत्व कसरी अघि बढ्छ ?
राप्रपा नेपालले थाहा नगरपालिकामा तत्कालै सम्पूर्ण क्षेत्रमा आवद्ध भएका युवायुवती, विद्यार्थी, किसान, मजदुर, ज्येष्ठ नागरिक शिक्षक, पत्रकार, बुद्धिजिवी, खेलाडी, महिला, दलित, अपाङ्ग, जनजाती सबैलाई समेटेर अघि बढ्ने योजना छ । ति पक्षहरुसंग नै सहकार्य गर्दै, हातेमालो गर्दै विकासको लागि थाहा नगर क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्दै अगाडि बढ्ने छ ।
दलिय नेतृत्वको हिसाबले तापई उमेर हेर्दा कान्छो नेतृत्व जस्तो देखिन्छ चुनौती हुन्न ?
चुनौती त भइहाल्छ नि । वास्तममा व्यवस्थापन संकायअध्यन गरेकोले पनि होला चुनौति व्यवस्थापन गर्नका लागि म सक्षम छु । यहि भएर त पार्टीको नगर संयोजकको जिम्मेवारी पाएको छु । फेरी अवसर चुनौती सफलता दुर्वलतासंग म संघर्ष गर्न पनि सक्छु । नेतृत्व पाएसंगै म मा आँट, जोश र जााँगर तथा उर्जा पलाएको छ ।
राप्रपा नेपालको अहिल्यै स्थानिय विकास मन्त्री छन्, यसले यहाँको विकासमा कस्तो प्रभाव राख्ला ?
स्थानिय विकास भन्न साथै विकासको आशा गर्नु स्वभाविक हो राजनिती भन्दा माथि उठेर विकास गर्नु आजको आवश्यकता हो । पार्र्टी जुन भएपनि, जो जससंग सम्बन्धित भएपनि हामिले कमल थापा जस्तो बहुप्रतिभाशाली व्यतिmत्वलाई स्थानिय विकास मन्त्री पाएका छौं । त्यो पनि हाम्रै जिल्लाको व्यक्तित्व हुनुहुन्छ । यो हाम्रो लागि थप आाशलाग्दो पाटो हो । पार्टीलाई आफ्नो र आ–आफ्नो ठाँउमा राखेर सबै एकजुट हुने हो भने मकवानपुर जिल्लाले विकासमा ठूलै फड्को मार्नेछ । त्यसको साथै विकासको मार्ग प्रसश्त पनि छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको थाहा नगरको विकासलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वास्तवमै निश्चित ठाउँलाई मात्र नभएर देशलाई नै विकासको ठूलै फड्को मारी सबैलाई एकजुट भई विकास निर्माण कार्य अगाडी बढाउन पर्छ भन्ने मान्यताका साथ अघि बढि रहेको छ । यद्यपि थाहा नगरमा मेरो पार्टीको मैले नै नेतृत्व गरिरहेकोले यहाँको विकास कार्य आवधिक, क्षणिक लाभका लागि भन्दा पनि दीगो विकासमा आधारित भएर गर्नुपर्छ भन्ने हाम्रो पार्टीको दृष्टिकोण हो । योजना पार्ने र फछ्र्यौट गर्ने मात्र नभई त्यसको दीर्घकालिन असरलाई समेत मध्ये नगर गरेर विकास गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धाराणा हो ।
थाहानगरकोे विकासको लागि के के गर्नु पर्ने देखिन्छ ?
मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिका एउटा आपैmमा सुन्दर, शान्त, रमणिय स्थान हो । त्यती हुँदाहुँदै पनि थाहा विकासको गति असाध्यै धिमा छ । यसको मुख्य कारण शिक्षा नै हो । जब थाहा नगरबासी शिक्षित हुँदैनन् तब विकासले बढवा लिन सक्देन । त्यसैले गर्दा यहाँको साक्षरता दर बढाउनु आवश्यक छ ।
यहाँको पार्टीबाट के–के काम हुन्छ ?
यो प्रश्न आफैमा त्यती पुर्ण जस्तो मलाई लाग्दैन । मेरो उद्देश्य राजनिती मात्र हैन विकासको रणनीती आजको आवश्यकता हो । त्यती हुँदाहुदै हाम्रोे पार्टी मेरो पार्टी भन्नु भन्दा नि विकासको लागि सँधै अग्रसर हुने पार्टी हो । राप्रपा नेपाल जहिल्यै जनताको विकास चहान्छ । जनतालाई दुर्गमताबाट सुगमता तर्फ डो¥याउँछ । यति भनेपछि त यो गर्छु, त्यो गर्छु भनिरहन नपार्ला नि । यो अवस्थामा अब सम्पूर्ण नगरवासी एकजुट हुने हो भने थाहा नगरको आवश्यकतालाई पूरा गर्न कुनैपनि ठाँउमा बाँकी राख्ने छैन् । तर त्यस्ता विकासका काम दलिय स्वार्थ भन्दा माथि उठेर गर्छौ ।
राजनैतिक पार्टीहरु बिच के–के भयो भने विकास हुन्छ ?
एकजुट र सहमती । सबैभन्दा पहिला सबै पार्टीहरु एकजुट हुन आवश्यक छ । राजनितीलाई छुट्टै राखेर सहकार्य गरी विकास हुन्छ यसमा कुनै द्विविधा नै छैन ।
एकजुट र सहमती हुनका लागि के गर्नुपर्छ ?
विकासमा एैकेबद्धता आवश्यक छ । विकासमा राजनीति गर्नु हुन्न । विकासका मुद्दामा घर टोल ताक्ने प्रथा अन्त्य हुनु पर्छ । सबैको साझा धारणा भयो भने त एकजुट पनि हुन्छ सहमति पनि भइहाल्छ ।
अन्तमा ?
थाहा नगर सहित सबै क्षेत्रमा कायम बढ्दो बेरोजगार गरिबी अशिक्षाबाट देशलाई छुटकारा दिलाउन आश्यक छ । देश आज रेमिट्यान्सको भरमा चलेको छ । युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ । बन्द हड्तालले आज देशलाई पछाडि धकेलीरहेको छ । तसर्थ देशलाई उत्पादनमूलक, स्वरोजगारमुलक बनाउनका लागि सबै पक्ष एकजुट हुनुको विकल्प छैन ।
प्रकाश थिङ/विकास खवरपत्रिका