एमाओवादीले २१ औं जनयुद्व दिवस मनायो

२१ औं जनयुद्व दिवस एकीकृत नेकपा माओवादीले भव्य रुपमा हेटौडामा मनाएको छ । २०५२ साल फागुन १ गतेबाट जनयुद्ध शुरु गरेको दिनलाई सम्झिदै जिल्ला समिति मकवानपुरले शुभकामना आदनप्रदान गर्दै साझ दीप प्रज्ज्वलन गरेर यो दिवस मनाएको हो । 

एनेकपा माओवादी जिल्ला समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सल्लाहकार समितिका अध्यक्ष कौशल पाण्डे, एनेकपा माओवादी ४ नं. निर्वाचन क्षेत्रका इन्चार्ज ओम घलान, अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्ष रामहरि सुवेदीले बोल्नुभएको थियो । जिल्ला समितिका अध्यक्ष प्रेम बहादुर पुलामीले कम्युनिष्टहरुले छुट्टै चुलो बालेर सहिदहरुको सपना पुरा नहुने भन्दै जनयुद्वका सहिदहरुले गरेको बलिदानीको कारण नेपाली जनताले उपलब्धी प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा पार्टीका कोषाध्यक्ष प्रमिला लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा प्रकाश पौडेल, शेरबहादुर पहरी, ललित घलान, बालकृष्ण चौलागाई,  सागर बानिया, प्रकाश पाण्डे, लक्ष्मी पाख्रिन, रामजी नेपाल लगायतका अतिथिहरु रहनुभएको थियो ।  
नानीमैया विष्ट/हेटाैंडा

All news in One Place