नेता कोइरालाको शवयात्रा शुरु
पूर्वप्रधानमन्त्री एवम् नेपाली
कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको शवयात्रा दशरथ रंगशालाबाट केही बेरअघि
शुरु भएको छ ।
राजकीय सम्मानका साथ
अन्त्येष्टि गर्ने सरकारको निर्णय अनुसार नेपाली सेनाले रंगशालाबाट कोइरालाको
पार्थिव शरीर उठाउँदा राष्ट्रिय गानको धुनसहित सलामी दिएको दिएको छ ।
अहिले नेपाली सेनाको
ब्यान्डसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले यात्रामा सुरक्षा दिइरहेका छन् ।
केही बेरमा कोइरालाको पार्थिव
शरीरमा दागबत्ति दिने बेलामा सेनाले उनको सम्मानमा राष्ट्रिय गानको धुन बजाउनुका
साथै १३ तोपको सलामी अर्पण गर्नेछ।
कोइरालाको अन्त्येष्टि उनका
आफन्त र परिवारको चाहाना बमोजिम हिन्दु संस्कार अनुसार नै गरिने छ।
यसअघि कोइरालाको दाहसंस्कार
शवदाहमा गरिने नेपाली कांग्रेसले बताए पनि परिवारको चाहना अनुसार परम्परागत रुपले
दाउराबाटै दाहासंस्कार गरिने भएको हो ।
हिमाल खबरबाट