 |
|
मकवानपुरमा तामाङ समूदायले विविध सांस्कृतिक कार्यक्रम गरी २८५२ टे-बांदर वर्षलाई स्वागतस“गै सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरको मूल आयोजनामा स्थानीय एवम् राष्ट्रिय कलाहरुको उपस्थितिमा हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गरी हर्षोल्लासका साथ ल्होछार मनाइएको हो । कार्यक्रम उद्घाटनमा हेटौंडा स्थि विभिन्न गुठी एवम् तामाङ संघसंस्थाको सहभमागितामा व्यानर सहित ¥याली निकालिएको थियो । तामाङ भेषभुषामा उपस्थिति भई निकालिएको ¥यालि बुद्धचोकलाई परिक्रमा गर्दै सांस्कृतिक कार्यक्रम उदघाटन गरिएको थियो । ४ नम्बर क्ष्ँेत्रबाट निर्वाचित सांसद राजाराम स्याङ्तानको प्रमुख आतिथ्यता एवम् घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रमको उदघाटन गर्नुहु“दै प्रमुख आतिथि सांसद स्याङ्तानले सोनाम ल्होछार तामाङ समुदायको महत्वपूर्ण पर्व रहेको भन्दै भेष, भुषा तथा भाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो । तामाङ समुदायको पहिचान र अधिकारका मुद्धा संस्थागत गर्नतर्फ राजनीतिक नेतृत्वतह गम्भिर हुनुपर्ने सांसद स्याड्डतानले बताउनुभएको थियो । कार्यक्रममा लुम्बिनि विकास बोर्डका सदस्य सचिव अजितमान तामाङले तामाङ समुदाय र ल्होछारबीच ऐतिहासिक प्राचिन प्रमाणहरु रहेको भन्दै ल्होछार पर्व तामाङ समुदायको ऐतिहासिक पर्व रहेको उल्लेख गर्नुभयो । करिब २५ वर्ष अगाडी घेदुङले थालेको तामाङ पुनर्जागरण अभियानले आज व्यापकता पाएको उल्लेख गर्नुभएको थियो । घेदुङ केन्द्रीय सदस्य सुनिल कुमार मोक्तानले संस्कर एवम् संस्कृतिको संरक्षण हुनुपर्ने जोड दिनुभएको थियो । नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, एनेकपा माओवादी मकवानपुरका ललित घलान लगायत अन्य राजनीतिक दल, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले ल्होछार शुभकामनास“गै मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 |
| तस्वीर: यमकुमार वाइबा, हेटौंडा |
कार्यक्रममा राष्ट्रिय कलाकार चन्द्रकुमार दोङ, निशा लामा, बविता लामा, स्थानीय कलाकार अविराम मोक्तान लगायतले विविध तामाङ गितहरु प्रस्तुत गरेका थिए । यसैगरी विभिन्न तामाङ सोलो गितमा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा तामाङ भेषभुषा सहित हजारौंको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा विभिन्न सांस्कृतिक एवम् सामाजिक कार्यक्रम गरी मनाउने गरिएको छ । यसैबीच जिल्लाका विभिन्न गाविस एवम् नगरका विभिन्न भागमा पनि सोनाम ल्होछार मनाइएको छ । मकावनपुरगढी, मनहरी, रातोमाटे, लगायत उत्तरी क्षेत्रका विभिन्न स्थानमा विविध कार्यक्रम सोनाम ल्होछार मनाइएको छ । भेषभुषामा उपस्थिति भई शुभकामना आदानप्रदान गरेका थिए । तामाङ समुदायको पात्रो अनुसार विभिन्न १२ ल्हो मध्ये भेडा वर्षलाई विदाई गर्दै बांदर वर्षलाई स्वागत गरिएको हो । घेदुङ मकावनपुरले यसपटक सोनाम ल्होछारकै अवसरमा साताव्यापी रुपमा विविध सामाजिक एवम् सांस्कृतिक कार्यक्रम गरेको थियो । समृद्ध सम्ददाता वाइबा सहित १० सम्मानित हेटौंडाः नेपाल तामाङ घेदुङ मकवानपुरले समृद्ध समाज दैनिकका सम्ददाता यमकुमार वाइबालाई सम्मान गरेको छ । तामाङ समुदायको गतिविधि एवम् विषयबस्तुलाई सञ्चारमाध्यम मार्फत उजागर गरेको भन्दै सम्वाददाता वाइबा मञ्जुश्री सम्बत २८५२ टे÷माकर (वांदर वर्ष) सोनाम ल्होछारको अवसरमा घेदुङ मकवानपुरबाट सम्मानित भएको हो । तामाङ सञ्चार समूह मकवानपुरका सचिव समेत रहेका वाइवालाई सञ्चारमाध्यम मार्फत योगदान पु¥याएको भन्दै प्रशंसापत्रका साथ सम्मान गरेको थियो । यसैगरी अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरेको छ । तामाङ घेदुङ मकवानपुर लगायत तामाङ समुदायको हितमा सहयोग पु¥याएको भन्दै सम्मान गरेको छ । तामाङ डाजाङका केन्द्रीय सदस्य अस्मिता तामाङ थिङ (म्हेन्दो), राष्ट्रपति चुर तराई मधेश संरक्षण विकास समितिका भूगर्वविद देवकुमार स्याङ्बो लगायत अन्य सहयोगीहरु सुवास सिन्तान, महेश लुङ्बा, नवराज आचार्य, ज्योतिरत्न बज्रचार्य, राजन गोले, सुरज ब्लोन, सरेश लामा लगायतलाई सम्मान गरेको हो ।
 |
| तस्वीर: यमकुमार वाइबा, हेटौंडा |
शिखरकटेरीमा ल्होछार
 |
| तस्वीर: यमकुमार वाइबा, हेटौंडा |
मकवानपुरगढी गाविस वडा नम्बर ४ स्थित शिखरकटेरीमा सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रम गरी मनाईएको छ । मञ्जुश्री सम्बत २८५२ टे÷माकर सोनाम ल्होछारमा गढी तामाङ समाजको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा लामा तथा बोन्बो झांकीको ¥यालि निकालिएको थियो । तामाङ भेषभुषामा उस्थित भई सोनाम ल्होछारको शुभकामना आदानप्रदान समेत गरेको थियो । तामाङ समाजका अध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षता एवम् पूर्व गाविस अध्यक्ष प्रितम रुम्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गाउ“ समन्वय परिषद्का सचिव सन्देश तुम्सिङ, चुच्चेखोला सामुदायिक वन उपभोक्त समूहका उपाध्यक्ष टिकाप्रसाद तिमल्सीना, घेदुङ जिल्ला सदस्य सानु तामाङ, युवा घेदुङ मकवानपुरका अध्यक्ष राजकुमार गोले, जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोत व्यक्त दोर्जे लामा स्याङ्तान, गढी युवा क्लबका अध्यक्ष राज स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका विष्णु थिङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच विभिन्न ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । स्रँेतव्यक्ति दोर्जे लामा स्याड्डतान, प्रितम रुम्बा, टीकाप्रसाद तिमल्सीना, सन्देश तुम्सीङ, कर्णबहादुर थिङलाई सम्मान गरेको हो ।
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |
-यमकुमार वाइबा, हेटौंडा
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |
 |
| मकवानपुरको आग्रामा मनाइएको सोनाम ल्होछारको एक झलक । तस्वीर: शुभराज गोले आग्रा |