सुरुङमार्गमा नयाँ नेतृत्व

पूर्वाधार विकास कम्पनीबाट बाहिरिए कुशकुमार
बहु प्रतिष्ठत हेटौँडा–कुलेखानी–काठमाण्डौ सुरुङमार्ग निर्माणको जिम्मेवारी बहन गर्दै आएको नेपाल पूर्वाधार विकास कम्पनीले नयाँ नेतृत्व पाएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले घरयासी कारण देखाउँदै कम्पनीमा  राजीनामा बुझाएपछि नेतृत्व संकटमा देखिएको कम्पनीको बोर्ड बैठकले अध्यक्ष कुशकुमार जोशीको स्थानमा सुरुङमार्गमा १ अरब लगानी गर्ने प्रतिवद्धता गर्दै १० करोड लगानी गरिसकेको एनआरएनका उपाध्यक्ष भवन भट्टलाई नयाँ अध्यक्षमा चयन गरेको छ । यो सँगै सस्थापक अध्यक्ष कुशकुमार जोशी कम्पनीबाट औपचारिक रुपमा बाहिरिएका छन् ।
बोर्ड बैठकको जानकारी लिदै कम्पनिका सदस्य सचिव समेत रहेका संसद सुवास ठकुरीले कम्पनीको पूर्ण बैठकले एनआरएनका उपाध्यक्ष समेत रहेका भट्टलाई नेतृत्व प्रदान गरेको बताए । उनले भने‘ अबको तेतृत्वले कुरा हैन काम गरेर देखाउछ्, लगानीकर्ताहरु ढुक्क हुनुस अब सुरुङमार्ग    बन्छ ।’ बोर्ड बैठकले गरेको निर्णयमा सुरुङमार्गमा जग्गा परेको जग्गाधनीहरु, स्थानीय लगानीकर्ताहरुको पनि साथ तथा समर्थन रहेकोले पनि अब सुरुङमार्ग निर्माण हुने उनको भनाई रहेको छ ।

करिब ५५ किलोमिटरको सुरुङ सहितको सडक निर्माणको लक्ष्य बोकेर २०६७ साल चैत्र २३ मा सरोकार समितीको निर्माण गर्दै २०६८ सालबाट नेपाल पूर्वाधार विकास कम्पनीको स्थापना गरि केहि कार्य अघि बढाईएको सुरुङमार्ग निर्माण पछिल्लो समय अन्योलमा पर्दै आएको थियो । सुरुङ मार्ग निर्माण ढिला एको भन्दै कम्पनीमा लगानि गरेका सर्वसाधरण तथा बोर्ड सदस्यहरुले पनि अध्यक्ष जोशीप्रति शंका ब्यक्त गर्दै आएका थिए । जसको परिणाम पूर्व वोर्ड सदस्य समेत रहेका राजुमान महर्जनको संयोजकत्वमा काठमाण्डौँ–कुलेखानी–हेटौँडा सुरुङमार्ग संघर्ष समिती निर्माण गरि आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । 
उता संघर्ष समितीका संयोक समेत रहेका महर्जनले कुशकुमार जोशीको नृतृत्वले गर्दानै सुरुङमार्ग निर्माणकार्य समस्यामा परेको बताए । सुरुङमार्ग निर्माणमा उनको कार्यशैलीको कारण धेरैले लगानी नगरेको भन्दै उनले अब सुरुङमार्ग निर्माण कार्यले गति प्राप्त गर्ने बताए । उनले भने ‘आम स्थानीय लगानीकर्ता तथा लगानी गर्न इच्छुकहरुलाई अब सहज वातावरण निर्माण भएको छ ।’
सन् २०१६ सालसम्म स्सथापन गरिसक्ने लक्ष्य राखिएको सुरुङमार्ग निर्माण कार्य पटक–पटक सुरु गर्ने भनेर प्रचार गरिएपनि सुरु नहुँदा यो मार्ग निर्माणको विषयलाई स्थानीयहरुले ‘गफ’ को संज्ञा समेत दिन थालेका थिए ।
-धर्मेन्द्र दाहाल,  हेटौँडा

All news in One Place