घरेलु टिम छनौंट गरियो
मकवानपुरको हेटौंडामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको लागि घरेलु टोलीमा सहभागी हुने १३ खेलाडी छनौट गरिएको छ । प्रशिक्षकद्वय विजयलाल श्रेष्ठ र सुनिव घिमिरेले मकवानपुरका अन्तिम १३ खेलाडी छनौट गरेका छन् । हेटौंडा–५ क्याम्पाडा“डास्थित मैदानमा जारी नियमित प्रशिक्षणबाट जिल्लाका उत्कृष्ट १३ खेलाडी छनौट भएका हुन् ।
उत्कृष्ट घरेलु टोली बनाउने उद्देश्यले आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको व्यवस्थपानमा माघ सुरुदेखि नियमित प्रशिक्षण गराइएको थियो । सोही प्रशिक्षणबाट बाहिरी ५ खेलाडी समावेश गर्ने गरी स्थानीय १३ खेलाडी खेलाडी छनौट गरिएको प्रशिक्षक घिमिरेले जानकारी दिए ।
हेटौंडामा १ फागुनदेखि ८ गतेसम्म अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा भारत, भुटान र नेपालका चर्चित ‘ए’ डिभिजन क्लबहरुले सहभागिता जनाउनेछन् । प्रतियोगितामा थ्रीस्टार, झापा (११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब तथा घरेलु टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले तीनलाख रुपैयाँ र दोस्रो हुनेले नगद एकलाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
घरेलु टोलीको लागि गोलरक्षकमा अशोक बराल र विकेशलाल श्रेष्ठ छानिएका छन् । डिफेन्डरमा अनिल थापा, बिक्रम बानिया“, मनोज विष्ट, सुरज विष्ट, आकाश कटवाल । मिडफिल्डरमा रवि भण्डारी, सुशान्त लामा, गणेश राई, भीम लामा, सुमन आले मगर छनौट भएको जनाइएको छ । फर्वाडमा विके लामा मात्रै छनौट गरिएको घिमिरेको भनाई छ । यसैगरी घरेलु टिमलाई पूर्णता दिन थप ५ बाहिरी खेलाडी ल्याइने छ । केही दिनमा जिल्लाका १३ खेलाडी र बाहिरी ५ गरी १८ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिने घिमिरेले बताए । नेपालको राष्ट्रिय लिग तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभावान खेलाडी आयोजकले भित्र्याउने तयारी गरेको प्रशिक्षक घिमिरेले बताए ।