सहयोगीको अध्यक्षमा पुनः प्रधान

थाहा नगरपालिका वडा नंबर १ मा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अन्जल प्रधान पुनः निर्वाचित भएका छन् । सहकारीको आठौं साधारणसभाले प्रधानलाइ अध्यक्षमा निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा विष्णुहरि लामिछाने, सचिव धर्मलाल प्रधान र कोषाध्यक्ष अशोक श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रविण प्रधान, गजेन्द्रभक्त श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सुन्दर प्रधान र महेन्द्र प्रधान सर्वसम्मत निर्वाचित भएका हुन् । 
अध्यक्ष: अन्जल प्रधान
सहकारीको लेखा संयोजकमा राजमान श्रेष्ठ र सदस्यहरुमा सुकदेव बिडारी र दान प्रधान निर्वाचित भएका छन् । साधारणसभाको अवसरमा भएको संचालक समितिको पुनर्गठनमासबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भुमिराज अवस्थीले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका सभापति कविराज खत्रीको प्रमुख आतिथ्यतामा साधारण सभा भएको थियो । संस्थाका अध्यक्ष अन्जल प्रधानको सभाध्यक्षतामा भएको साधारणसभामा संस्थाका सदस्य महेन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रधानले संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  संस्थाले गत पुस मसान्त सम्ममा २ करोड ६० लाख रुपिंया निक्षेप रहेकोमा २५ प्रतिशत बृद्धि गरि करिब ३ करोड १० लाख रुपैया पु¥याउने लक्ष्य लिएको साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका सचिव धर्मलाल प्रधानले सञ्चालनमा भएको कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी गराएका थिए । स्थापना कालमा २४ जना पुरुष र १ महिला रहेको सहयोगी सहकारी संस्थाले आठौं साधारण सभासम्म आईपुग्दा ६ सय ९५ जना सदस्य आबद्ध भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सदस्यमध्ये ४ सय ९२ पुरुष र २ सय ८ महिला सदस्य रहेका छन् ।

All news in One Place