“राष्ट्रिय पत्रकारिता पुरस्कार नियमित गरिने”

क्रान्तिकारी पत्रकार संघ नेपाल मकवानपुरको पहिलो बैठक आज सम्पन्न भएको छ । संघका अध्यक्ष नानीमैया विष्टको अध्यक्षतामा भएको बैठकले राष्ट्रिय पत्रकारिता पुरस्कारलाई यो वर्षदेखि नियमित रुपमा प्रदान गर्ने निर्णय गरेको छ ।  
 विविध कारणले बीचमा रोकिएको “रुद्र–सेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार” जनपक्षीय पत्रकारिता मार्फत लामो समय योगदान पु¥याएका पत्रकारलाई नगद सहित सम्मान गरिने निर्णय भएको हो । त्यसैगरी बैठकले चार जनाको सल्लाहकार समिति निर्माण गरेको छ । जसमा कौशल पाण्डे, प्रकाश पौडेल, भानुभक्त आचार्य र ध्रुव अधिकारी रहनुभएको छ । आर्थिक व्यवस्थापन गर्न संघको आफ्नै छुट्टै आर्थिक कोष बनाउने निर्णय समेत गरिएको संघका अध्यक्ष नानीमैया विष्टले जानकारी दिनुभयो ।
बैठकमा एकीकृत नेकपा (माओवादी) मकवानपुरको जनवर्गीय संगठन इन्चार्ज प्रकाश पौडेल, संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डे लगायतकाको उपस्थिति रहेको थियो ।
-नानीमैया विष्ट, हेटौंडा 


All news in One Place