मकवानपुरमा क्षति पुनःमूल्याङकनको टोली खटियो
मकवानपुरको भुकम्प प्रभावित क्षेत्रमा आवास पुनःनिर्माणका लागि लगत संकलन कार्य अन्तर्गत पहिलो चरणको लगत संकलनकोे लागी प्राबधिीक ईन्जिनियर र सामाजिक परीचालकको टोलि खटिएकाछन् । मँगलबार माघ १९ मा हेटौंडामा एक औपचारीक कार्यक्रमको आयोजना गरी आवास पुननिर्मणको लगत संकलन कार्यमा ईन्जिनियर र सामाजिक परिचालक परीचालन भएकाछन् । मकवानपुरको आग्रा, टिष्टुङ्, नामटार, गोगने, खैराङ्, मार्खु, फाखेल, कालिकाटार, भार्ता, डाडाखर्क, चित्लाङ्, कुलेखानी गाविस तथा थाहा नगरपालिकाकामा पहिलो चरणको लगत संकलन कार्य थालिएको छ ।
मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की तथा स्थानिय बिकास अधिकारी लक्ष्मणबिक्रम थापाले टोलिलाई आबश्यक सामाग्रीका साथ बिदाई गर्नुभएको थियो । लगत संकलन कार्यमा सामाजिक परिचालकले खटिएका प्राबिधिक ईन्जिनियरलाई सहयोग गर्नेछन् । लगत संकलन कार्यमा खटिएका ईन्जिनिरलाई सहयोग पु¥याउने उद्धेश्य स्वरुप जिल्लाका ५१ सामाजिक परिचालकलाई दुईदिने तालिम प्रदान गरिएको थियो ।
भुकम्प प्रभावित जिल्लाहरुका आवासीय घरको क्षतिको विवरण संकलन, भूकम्प प्रभावित जिललाहरुका परिवारहरुको आर्थिक सामाजिक विवरण संकलन र भूकम्प प्रभावित जिल्लाहरुका घर तथा परिवारहरुको विद्युतीय तथ्यांकीय आधारहरु तयार गर्नु रहेको छ । मकवानपुरका थप गाविस र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पछि दोश्रो चरणमा लगत संकलन गरिने तथ्यांक कार्यालयका प्रमुख नबराज पौडेलले बताउनुभयो । लगत संकलनमा स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च हर्डले सहयोग पु¥याउँदै आएको छ ।
-पुष्पराज अधिकारी, हेटौंडा