दुई नम्बर क्षेत्रमा एमालेको अगुवा प्रशिक्षण सुरु

नेकपा एमालेले आजबाट दुई नम्बर क्षेत्र स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ । एमाले क्षेत्रीय कमिटीको आयोजनामा हुने प्रशिक्षण आमभञ्ज्याङ्बाट सुरु भएको छ । एमाले आमभञ्ज्याङ् गाउँ कमिटीका अध्यक्ष टिका दाहालको अध्यक्षता तथा पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यमा प्रशिक्षण भएको हो । 
कार्यक्रममा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, जिल्ला सदस्य भगवती पुडासैनी, पूर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य महेश्वर सुवेदी, पार्टी दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाईं, क्षेत्रीय कमिटी इन्चार्ज विष्णु ढकाल, आमभञ्ज्याङ् गाउँ कमिटी इन्चार्ज तथा क्षेत्रीय सदस्य कृष्ण ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षणमा पूर्व जिल्ला सचिवालय सदस्य ठाकुराम खड्काले सहजीकरण गर्नुभएको थियो । यसैबिच, विभिन्न पार्टी परित्याग गरी आज ५० जनाभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका छन् । पार्टी मकवानपुर अध्यक्ष मुनु सिग्देलले नव प्रवेशी सदस्यलाई टिका लगाएर स्वागत गर्नुभएको छ । 
केदार गौतम, शारदाप्रसाद घिमीरे, केशव सापकोटा, विकास थिङ्, बद्री प्रसाद घिमीरे, डोलप्रसाद भट्ट, हरि तिमल्सिना, मुस्कान दाहाल लगायत एमालेमा प्रवेश गर्नुभएको आमभञ्ज्याङ् गाउँ कमिटी इन्चार्ज कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । आमभञ्ज्याङ्बाट सुरु प्रशिक्षण क्षेत्रीय कमिटी अन्तर्गतका चौध वटै गाविसमा आगामी २९ गतेसम्म सञ्चालन जनाइएको छ ।
-शिव चौलागाइ, हेटौंडा

All news in One Place