पालुङ जेसीसकाे १६ अाैं पदस्थापना दिवस सम्पन्न

मकवानपुरको उत्तरी क्षेत्रमा विगत १५ वर्ष अगाडि युवाहरुको नेतृत्व विकासका लागि स्थापना भएको पालुङ जेसीजले १६ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम जेसिस सभाह
लमा विहिवार सम्पन्न भएको छ । नेपाल जेसिसको राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटरी जगत बहादुर पोखरेलको प्रमुख आतिथ्यता तथा पालुङ जेसीस वर्ष २०१५ का अध्यक्ष जर्म श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा २०१५ को वेष्ट सपोटिङ अर्वाडको रुपमा वर्ष २०१५ का महा सचिव विजयश्याम अमात्यलाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलले पालुङ वर्ष २०१६ मा निर्वाचित हुनु भएको शिबकुमार खत्रीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्दै यहाँको पर्यटन, कृषि, कला र संस्कृतिलाई बचाई राख्न जेसिस यूवाहरुलाई आग्रह गर्नु भयो । अब बोलेर मात्रै नभई गरेर देखाउने बेला आएकोले देशको समृद्धिका लागि युवाहरुको पलायन रोक्न जरुरी भएको बताउनु भयो । भुकम्प तथा नाका बन्दीको मार खेपिरहेकोे अवस्थामा पालुङ जेसिजले क्षेत्रिय ख सम्मेलन प्रभाकारी रुपमा सम्पन्न गर्न सफल भएकोमा धन्यवाद दिनु भएको थियो । नेपाल जेसिजको इतिहाँसमा वर्तमान अध्य
क्ष जर्म श्रेष्ठ ऐतिहासिक रुपमा छाउन सफल भएको भन्दै सम्मान समेत गर्नु भएको थियो ।
कार्यक्रममा पालुङ जेसीज बर्ष २०१५ का अध्यक्ष जर्म क्षेष्ठले बर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीलाई पद हस्तान्तरण गर्नु भयो । नव निर्वाचित अध्यक्ष शिवकुमार खत्रीले पदभार ग्रहण गर्दै प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पालुङ जेसीजका नव निवार्चित अध्यक्ष शिवकुमार खत्रीले सन २०१६ का लागि नव निर्वाचित तथा मनोनित पदाधिकारीहरुको घोषणा गर्दै सपथ खुवाउनु भएकोे थियो । 
सन् २०१६ का कार्यकारिणी उपाध्यक्ष संगीता बलामी र बिक्रम केसी, उपाध्यक्षहरुमा सिर्जना गोपाली, कृति लो, बिजय मल्ल र किशोर प्रधान, महा सचिब अनित केसि, सचिब सुवास गोपाली र कोषाध्यक्ष अन्जल प्रधानलाई पदस्थापन गरिएको छ । त्यस्तै कानुनी सल्लाहकार विजय श्याम अमात्य र जनसम्पर्क अधिकारी श्रीराम कार्की, शाखा सम्पादक कृष्ण दाहाललाई पदस्थापन गरिएको छ । 
कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोतम् ढकाल, संघ संस्थाका तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका अध्यक्ष कविराज खत्री,राजनितिक दलको तर्फबाट एमाले नगर अध्यक्ष अच्यूतम प्रसाद ढकाल, नेपाल जेसिस राष्ट्रिय उपाध्यक्ष सिता क्षेष्ठ, वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम कानुनी सल्लाहाकार जेसि भुमिराज अवस्थिको स्वागत मन्तव्य र २०१५ का महा सचिव विजय श्याम अमात्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
रुपक कालिराज/थाहा नगर 
तस्विरः सुरेन्द्रमान प्रधानकाे फेसबुक वालबाट 

All news in One Place