शिलबन्दी ठेक्काको नतिजा आयो

थाहा नगरपालिकाको विभिन्न पाँचवटा सडक निर्माण सम्बन्धी आव्हान गरेको शिलबन्दी ठेक्का बोलकबोलको नतिजा सार्वजनिक भएको छ । २९ चैतमा थाहा नगरपालिकाको कार्यालयले नतिजा सार्वजनिक गरेको हो । 
जन सवाल राष्ट्रिय दैनिक पत्रिकामा फागुन २४ र चैत ५ गते सूचना प्रकाशन गरी नगरपालिकाले बोलकबोल आव्हान गरेको थियो । सूचना अनुसार पर्न आएको बोलपत्रहरु मध्येबाट पाँच निर्माण कम्पनी छनोट भएका हुन् । बोलपत्रहरु स्वीकृतको लागि मूल्याङ्कन समितिबाट सिफारिस भएपछि  सूचना सार्वजनिक गरिएको     हो । थाहा नगरपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनको लागि यो सूचना प्रकाशित गरेको जनाएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को प्रयोजनका लागि सम्बन्धीत सबै बोलपत्र दाताहरुलाई ७ दिने आशयको सूचना प्रकाशन गरेको भनेको छ । 
नगरपालिकाकाले नतिजाको सूचना थाहानगरबाट प्रकाशित "क" वर्गको विकास खबरपत्रिका राष्ट्रिय साप्ताहिक र हेटौंडाबाट प्रकाशित "क" वर्गाको हेटौंडा सन्देश राष्ट्रिय दैनिकको २९ चैतको अंकमा प्रकाशन गरेको छ ।
सूचना

All news in One Place