इतिहास रच्दै हेटाैंडा च्याम्पियन: सिमरा गाेल्डकप

विमल रानाको ह्याट्रिकप्रेरित हेटांैडाको विजय युथ क्लबले सातौं सिमरा गोल्डकपको उपाधि जितेको छ । रुपन्देही ११ लाई पराजित गर्दै हेटौंडाको विजय युथले सर्वाधिक नगद पुरस्कार राशिको फुटबल प्रतियोगितामा पहिलोपटक जित्दै इतिहास रचेको हो ।
शनिबार सिमरा रंगशालामा भएको फाइलन भिडन्तमा रुपन्देहीलाई ४–० गोलअन्तरले पराजित गर्दै हेटांैडाले पहिलो सहभागितामै उपाधि उचालेको हो । उपाधिसँगै हेटौंडाले पाँचलाख ५१ हजार हात पारेको छ भने उपविजेता रुपन्देहीले दुई लाख ५० हजारमै चित्त बुझाएको छ ।
सिमरा रंगशालामा भएको खेलको २१ औं मिनेटमा विमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । सुनिल बलले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै रानाले हेड गोल गरे । त्यसअघि रुपन्देहीका गणेश खड्काले सुरुवातमै गोल गर्ने अवसर चुकाएका थिए ।
दोस्रो हाफमा लय समातेको हेटौंडाले तीन गोल थप्दै फराकिलो जित आत्मसात् ग¥यो । लगातार दबाब सिर्जना गरेको हेटौंडाले ५८ औं मिनेटमा अग्रता दोब्बर पा¥यो । सुनिल बिकको पासलाई सदुपयोग गर्दै बलले अग्रता दोब्बर पारेका हुन् ।
त्यसको एक मिनेट बित्न नपाउँदै बिमलले ब्यक्तिगत दोस्रो टिम तथा टिमका लागि तेस्रो गोल गरे । फिनिसिङमा कमजोर देखिएको रुपन्देहीको रक्षापंक्ति सम्हालिन नसक्दा हेटौंडाका विमल रानाले चौथो ७९ औं मिनेटमा ह्याट्रिक पूरा गरे । विमलको प्रतियोगितामा यो चौथो गोल हो ।
खेलको अधिकांश समय बललाई आफ्नो नियन्त्रण राखेपनि खेलमा गोल गर्न भने हेटौंडाले सकेन । स्टार खेलाडीले भरिएको रुपन्देहीको ‘टिमवर्क’ ले भरिएको हेटौंडाली खेलाडीको अगाडि फिक्का साबित भए । खेलमा एकपछि अर्को गर्दै प्रहार गरेपनि हेटौंडाका गोलरक्षक अशोक बरालको अगाडि रुपन्देहीका खेलाडीका प्रहार सामान्य सावित भयो ।
चार गोल गरेका विमलले सर्वाधिक गोलकर्ताको उपाधिसहित १५ हजार नगद पाए । विमल नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले मोटरसाइकल प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक हेटौडाका अशोक बराल र प्रशिक्षक सुविन घिमिरे घोषित हुँदा अन्य विधाका पुरस्कार रुपन्देहीका खेलाडीले हात पारे । उत्कृष्ट मिडफिल्ड रुपन्देहीका शिव श्रेष्ठ, उत्कृष्ट डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड योगेश गुरुङ घोषित भए । उनीहरुले जनही १५ हजार प्राप्त गरेका छन् ।
‘यो हाम्रोमात्र होइन,सम्पूर्ण जिल्लाबासीको जित हो । हामीलाई साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ हेटौंडाका प्रशिक्षक घिमिरेले भने । उनले प्रतियोगितामा सहभागिता जनाउँदै ठूलो उपलब्धी मानिरहेको अवस्थामा उपाधि नै जित्न पाउँदा असाध्यै खुशी लागेको बताए । उनले हेटौंडाको जितमा खेलाडीको सबभन्दा बढी योगदान रहेको बताए । साझाकुराबाट प्रकाशित ।

All news in One Place