एफसी मिलनद्वारा कर्रा कपको उपाधि कब्जा

धर्मेन्द्र दाहाल

हेटौंडा/हेटौँडाको कर्रामा जारी तेश्रो निशान लामा स्मृती सेभन ए साईड फुटबल प्रतियोगिताको उपाधि एफसी मिलनले जितेको छ । मंगलबार श्रमिक मावि कर्राको खेल मैदानमा भएको प्रतियोगिताको फाईनलमा एफसी सोम स्मृतिलाई २–१ गोल अन्तरले पराजित गर्दै मिलनले उपाधि जितेको हो उपाधि जितेसँगै मिलनले ३० हजार नगद, शिल्ड मेडल तथा प्रामाणपत्र प्राप्त गर्दा उपविजेता सोमले १५ हजारमानै चित्त बुझाउनु परेको थियो ।

एफसी कर्रा चौतारालाई हराउँदै फाईनलमा पुगेको सोमले गत वर्षको विजेता श्रमिकलाई हराउँदै फाईनलमा पुगको मिलनसामु पराजय बेहर्नुप¥यो । मिलनको लागि विष्णु राई तथा ले गोल गरेपछि १–० ले अघि बढेको अवस्थामा सोमका विके लामाले गोल गर्दै टिमलाई १–१ को अवस्थामा ल्याएपनि मिलनमा सुमन थापामगरले निर्णयक गोल गरेपछि मिलन यो वर्षको विजेता बनेको हो ।
प्रतियोगितामा अनुशाशित टिमको पुरस्कार भने गत वर्षको च्याम्पियन एफसी श्रमिकले प्राप्त ग¥यो । शिक्षाविद् पुरनबहादुर जोशिले प्रायोजन गरेको ७ हजार राशीको पुरस्कार श्रमिले जितेको हो । प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई मकवानपुरका प्रहरी प्रमु्ख एसपी मिरा चौधरीले पुरस्कार वितरण गरेकि थिईन् । प्रतियोगितामा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, एफसी पोताला क्लबका अध्यक्ष टिकाराम लामा, कोच राजु विष्ट, टिम म्यानेजर विमल टोनी, खेल संयोजक सानु लामा लगाएतको सहभागिता रहेको थियो ।  प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

All news in One Place