मनाङद्वारा गोलको वर्षा, कञ्चनजंगा ६–१ ले पराजित
धर्मेन्द्र दाहाल
हाफिज वालावलेले सुन्दर खेल प्रस्तुत गर्दै ह्याट्रिक पुरा गरेपछि हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकपमा मनान मस्र्याङदीले भारतको कञ्जनजंगा फुटबल क्लबलाई ६—१ गेल अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा मनाङले खेलको सुरुवातबाट दबदबा कायम राख्दा भारतीय क्लब कञ्चनजंगा भारी अन्तरले पराजित भएको हो ।
खेलको दोश्रो हाफ निकै रोमाञ्चक बन्दा दोश्रो हाफमा मात्र दुबै टोलीबाट ६ गोल भए । दोश्रो हाफमा निकै आक्रमक देखिएको मनाङको लागि हफिज वलावलेले ४९ औ मिनेटमा गोल गर्दै टिमलाई २—० को अवस्थामा पु¥याए । त्यसपश्चात मनाङले धेरै गोलको प्रयास गरेपनि त्यो पुरा भने भएन् । खेलको ७४ औ मिनेटमा मनाङका अमित लामाले भारतका बाङचुलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै भारतका सन्तोष न्यौपानेले गोल गर्दैै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर भारतको त्यो गोलको खुसी धेरै समय टिकेन । निकै फर्ममा देखिएका मनाङका स्टाइकर वालवाले ले खेलको ७८ औ मिनेटमा ब्यक्तिगत दोश्रो तथा टिमको लागि तेश्रो गोल गर्दै टिमलाई ३—१ को अवस्थामा पु¥याए ।
भारतलाई निकै दबाबमा राखेको मनाङकले ८४ औ मिनेटमा विश्वास श्रेष्ठको गोल मार्फत टिमको अग्रता ४—१ ले थप मजबुत बनाए । पछिल्लो १० मिनेट सम्मालिन नसकेको कञ्जनजंगाको पोष्टमा थपिएको अतिरिक्त समय अर्थात ९१ औ मिनेटमा वलावलेले गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल बन्दा मनाङले ५—१ के भारी अग्रता हाँसील गर्न सफल बन्यो । मनाङ त्यतिले मात्र रोकिएन गोलको वर्षात गर्ने क्रमलाई जारी राख्दै खेलको अन्तिम मिनेटमा रबि पासवानको गोल मार्फत ६–१ को विशाल जित हाँसील गर्न सफल बन्यो । प्रतियोगितमा ह्याट्रिक गरेका वालवाले म्यान अफ द म्याच घोषित भए । अब मनाङले मंगलबार हुने एपिएफ र साहाराको विजेतासँग सेमिफाईलमा पतिस्पर्धा गर्नेछ ।